धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ असार ३१ मंगलवार
- सबैला नगरपालिकाले आ.व. २०७७÷०७८ मा कृषि प्रबद्र्बन कार्यक्रमको लागि विनियोजित रकम वडा अध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी अनुदान रकम दुरुपयोग गरेको अख्तियारले जनाएको छ ।
जनकपुर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव र वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष दुर्गा प्रसाद रायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा गरेको हो । उनीहरूमाथि सार्वजनिक सम्पत्ति हिनामिना, हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ ।
अख्तियारले सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर यादव, तत्कालीन लेखापाल शिव कुमार झा र उक्त पालिकाकाका पशु सेवा शाखाका प्रमुख राजकिशोर सल्हैता १४ लाख ७७ हजार ५ सय बिगो माग गरेको छ ।
त्यस्तै, सबैला नगरपालिका वडा नं. ८ का तत्कालीन वडा अध्यक्ष रायलाई १४ लाख ७७ हजार ५ सय, अर्चना कृषि सहकारी संस्थाका अध्यक्ष संजुकुमारी यादवलाई १४ लाख ७७ हजार ५ सय र तत्कालीन प्रशासकीय अधिकृत स्व. बालवीर ठाकुरको श्रीमती पलवी ठाकुर र छोरा रौनित ठाकुरको नाममा पनि १४ लाख ७७ हजार ५ सय नै जरिवाना गर्न भनेको छ ।
सबैला नगरपालिकाले आ.व. २०७७÷०७८ मा कृषि प्रबद्र्बन कार्यक्रमको लागि विनियोजित रकम वडा अध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी अनुदान रकम दुरुपयोग गरेको अख्तियारले जनाएको छ ।
कृषि उपकरण खरिद र किसानलाई बासमती धानको वीउ वितरण कार्यक्रममा किसानलाई धानको वीउ वितरण नगरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नगरपालिकाले आ.व. २०७७÷०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्राको साना व्यवसायीक कृषि उत्पादन पकेट विकास कार्यक्रम संचालन गर्नको लागि १५ लाख विनियोजन गरेकोमा नगरपालिकाले राष्ट्रिय दैनिक लगायतका कुनै पनि पत्र पत्रिकामा सूचना प्रकाशित गरेको नदेखिएको दाबी गरिएको छ ।
राष्ट्रसेवक कर्मचारी र उक्त संस्थाका अध्यक्षसमेतले मिलेमतोमा कोभिड १९ को कारण देखाई अर्चना सहकारी संस्था लिमिटेड सबैला धनुषाको १ मात्र निवेदन पर्न आएको भनी नगरपालिकाको वडा नं. ३, ७ र ८ मा उक्त कार्यक्रम संचालन गर्न भ्याटसहित जम्मा १५ लाखमा अर्चना सहकारी संस्था लिमिटेड र नगरपालिका बीच मिति २०७८ । ०२ । ०५ गते सम्झौता गरी उक्त संस्थासँग सम्झौता गरेपनि सबैला नगरपालिकाबाट बयर बोका, पाठी, खसी र च्यापकहर माग फारम, दाखिला रिपोर्ट झुट्टा तयार गरी उक्त कार्यक्रममा उल्लिखित पाठी, बोका, खसी, च्यापकहर लगायतका सामान वडा नं. ८ का तत्कालीन वडाध्यक्षले बुझेको भरपाईबाट देखिएको अख्तियारले जनाएको छ ।
अर्चना कृषि सहकारी संस्थाले खरिद गरेको भनिएका बोका, पाठी र डाले घाँस (खसी) कसलाई वितरण गरिएको हो भन्ने स्पष्ट विवरण नभएको, कार्यक्रम संचालन गर्ने अर्चना कृषि सहकारी संस्थाले राधा कृषि फर्मबाट खरिद गरेको भनेको बोका, पाठी र डाले घाँस उक्त संस्थाका संचालकले आफूले मिति २०७८ । ०३ । २० गते जारी भएको बिलमा उल्लेख भए बमोजिम बोका, पाठी र डाले घाँस नबेचेको साथै आन्तरिक राजस्व कार्यालय जनकपुरको मिति २०८२ । ०१ । २४ गतेको पत्र अनुसार आ.ब. २०७७ । ०७८ मा राधा कृषि फार्मले कुनै कारोबार नगरेको भनी उल्लेख भई आएको देखिँदा मिलोमतोमा झुट्टा विल भरपाई र गलत कागजात तयार गरी १४ लाख ७७ हजार ५ सय हिनामिना गरेको पुष्टि भएकाले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।