- थारू समुदायमा साँस्कृतिक रुपमा उत्पादन भइरहेको घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्नका लागि ऐन ल्याएको हो ।
- ८२ प्रतिशत थारू जातिको बसोबास रहेको राजापुर नगरपालिकामा जन्मदेखि मृत्यु संस्कारसम्म स्थानीय मदिरा आवश्यक पर्ने भएकाले कानूनी रुपमा मान्यता दिने र नियमन गर्नेगरी विधेयक ल्याइएको राजापुर नगर प्रमुख दिपेश थारूले बताए ।
बर्दिया :बर्दियाको राजापुर नगरपालिकाको आठौँ अधिवेशनले थारू मद तथा घरेलु मदिरा उत्पादन, नियमन तथा व्यवस्थापन ऐन पारित गरेका छ ।
थारू समुदायमा साँस्कृतिक रुपमा उत्पादन भइरहेको घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्नका लागि ऐन ल्याएको हो ।
८२ प्रतिशत थारू जातिको बसोबास रहेको राजापुर नगरपालिकामा जन्मदेखि मृत्यु संस्कारसम्म स्थानीय मदिरा आवश्यक पर्ने भएकाले कानूनी रुपमा मान्यता दिने र नियमन गर्नेगरी विधेयक ल्याइएको राजापुर नगर प्रमुख दिपेश थारूले बताए ।
ऐन नभएपनि थारू समुदायमा घरेलु मदिरा उत्पादन र प्रयोग भइरहेको हुनाले सो कार्यलाई व्यवस्थापन गर्ने कार्य ऐनले गर्ने उनले बताए ।
ऐनमा थारू समुदायमा विभिन्न साँस्कृतिक र व्यक्तिगत प्रयोजनका लागि बार्षिक ६० लिटर भन्दा बढी घरेलु मदिरा उत्पादन गर्न रोक लगाएको छ । त्यसैगरी छोरा वा छोरीको वैवाहिक प्रयोजनका लागि एक सय लिटर भन्दा बढि मदिरा उत्पादन गर्न नपाउने ऐनमा व्यवस्था छ । त्यसैगरी ऐनमा कुनैपनि व्यक्तिले इजाजत पत्र नलिई घरेलु उत्पादन गर्न नपाउने, प्रशोधन, प्याकेजिङ्ग, लेबलिङ्ग नगरी बिक्री वितरण गर्न नपाउने व्यवस्था छ ।
ऐनले थारू समुदायमा साँस्कृतिक रुपमा निश्चित परिमाणमा घरेलु मदिरा घरमा उत्पादन गरेर प्रयोग गर्न बाटो खुल्ला गरेको छ । भने बैधानिक रुपमा उद्योग व्यवसाय दर्ता गरेर घरेलु मदिरा उत्पादन र प्रशोधन गरी बिक्री गर्न सकिने व्यवस्था गरिएको छ ।
राजापुर नगरपालिका विधायन समिति संयोजक राजेश थारूले थारू मद तथा घरेलु मदिराको उत्पादन, नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक नगरसभा समक्ष पेश गर्नु भएको थियो भने नगर सभाले सर्वसम्मतले विधेयक पास गरेको थियो । नगर सभामा पेश भएका थप चारवटा विधेयक समेत पास गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।