भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति
२०८२ असार २४ मंगलवार
- मंगलबार बिहान अन्दाजी ३ः१५ बजे भोटेकोशी नदीमा बाढी आउँदा उक्त पुलमा क्षति पुगेको हो ।
काठमाडौं: छिमेकी देश चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवा जिल्ला, गोसाईकुण्ड गा.पा. रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको छ ।
मंगलबार बिहान अन्दाजी ३ः१५ बजे भोटेकोशी नदीमा बाढी आउँदा उक्त पुलमा क्षति पुगेको हो ।
यसको साथै, सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिएका छन् । भन्सारसँगैको ड्राइपोटमा पनि बाढीले क्षति पु¥याएको छ ।
उनले त्यहाँ पार्किङ गरेर राखिएका गाडी बगाउनुको साथै त्यहा कार्यरत कर्मचारी र सवारी चालकहरु सम्पर्क बिहिन रहेको बताए । यसबारे थप बुझ्ने काम भइरहेको पनि उनको भनाई छ ।
हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित पनि गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।