बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

२०८२ असार २४ मंगलवार
सारांश
  • शनिबार राती छवटा ठूला ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतबार बिहानदेखि यातायात सञ्चालन भएपनि अहिले उक्त स्थानमा गाडि फसेकाले अन्य यात्रु र सवारी साधनलाई आवागमनमा अबरोध भएको हो ।

काठमाडौं :  बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध भएको छ । गत शनिबार  उक्त सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि यस खण्डमा पूर्णरुपमा आवागमन ठप्प भएको थियो ।


शनिबार राती छवटा ठूला ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतबार बिहानदेखि यातायात सञ्चालन भएपनि अहिले उक्त स्थानमा गाडि फसेकाले अन्य यात्रु र सवारी साधनलाई आवागमनमा अबरोध भएको हो ।


अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–सुर्यविनायक सडकको एक मात्र वैकल्पिक मार्ग हो, बनेपा–नाला–भक्तपुर सडकखण्ड । धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकाले अवरुद्ध छ । त्यसकै विकल्पमा रहेको यो सडकको पनि पुल भाँचिएपछि वैकल्पिक सडक अवरुद्ध भएको छ । 


अरनिको राजमार्ग अवरुद्ध भएको खण्डमा काभ्रे र काठमाडौंलाई जोड्ने एक मात्र मार्ग बनेपा–नाला–ताथली भक्तपुर सडकखण्ड भएको कारणले पनि यस सडकखण्ड चाँडो निर्माण हुनुपर्ने जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।


सडक डिभिजन कार्यालय भक्तपुरले फेरी पनि अस्थायी रुपमा यातायात सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।


डिभिजन प्रमुख सुमन योगेशका अनुसार ह्युमपाइपसँगै जालि पनि राखेर अस्थायी निर्माण भएको पुल गएरातीको वर्षाले पुन अवरुद्ध भएको छ । 


तत्काल पक्की पुल निर्माणगरी स्थायी निर्माण गरिने भने छाँटकाँट देखिएको छैन् । 


स्थायी रुपमा नै पुन निर्माण कहिले हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले निर्माण हुने भनेको त अस्थायी नै हो । अब स्थायी त कहिले हो कहिले नि समय लाग्छ । भन्ने वित्तिकै निर्माण गर्न सकिँदैन् ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार