रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

२०८२ असार २४ मंगलवार
सारांश
  • मंगलबार बिहान करिव ३ बजे चिनको एरियामा परेको अबिरल बर्षाको कारण भारी मात्रामा बाढी आई रसुवाको गोसाइकुण्ड गाउपालिका वडा नं.२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म ३ जना प्रहरी कर्मचारी, ६ जना चिनिया नागरिक र ९ जना सर्वसाधारण वेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो ।

काठमाडौं : तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता हुनेको संख्या १८ जना पुगेको नेपाल प्रहरीले जनाएको छ । 


मंगलबार बिहान करिव ३ बजे चिनको एरियामा परेको अबिरल बर्षाको कारण भारी मात्रामा बाढी आई रसुवाको गोसाइकुण्ड गाउपालिका वडा नं.२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म ३ जना प्रहरी कर्मचारी, ६ जना चिनिया नागरिक र ९ जना सर्वसाधारण वेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो । 


उक्त्त क्षेत्रमा १२० जना प्रहरी परिचालन गरिएको छ भने अहिलेसम्म २ जना सुरक्षाकर्मी र ७ जना सर्वसाधरणहरु गरी ९ जनाको उद्दार गरिएको छ । 


हालसम्म नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने चार्जिङ स्टेसनमा क्षति, ७÷८ वटा इ.भि गाडिहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ । 


हाल रसुवा गोसाइकुण्ड गाउपालिका –५ पासाङल्हामु सडक खण्ड स्थितमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार