हुम्लादेखि विरामि बोकेर काठमाडौ उडेको प्रभुको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण

२०८२ असार २१ शनिवार
सारांश
  • एनजि–एएनएल कल साइनको हेलिकप्टर खराव मौषमका कारण दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए

सुर्खेत : हुम्लाबाट बिरामी बोकेर काठमाडौका लागि उडेको प्रभु हेलिकप्टर  दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको छ ।


एनजि–एएनएल कल साइनको हेलिकप्टर खराव मौषमका कारण दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।


हुम्लाको हिल्साबाट विरामी लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर  बाक्लो कुहिरोका कारण अगाडिको बाटो देख्न नसकेपछि आकस्मिक अवतरण गरिएको प्रभु हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटले बताए  ।


दिउँसो २ः३० दैलेखको तल्लो डुंगेश्वरमा अवतरण गरेको हेलिकप्टरमा टाउकोमा चोट लागेको विरामी र चालक दलका दुई जनासहित पाँच जना यात्रु थिए । मौषम खुलेपछि हेलिकप्टर साँझ ५ बजे सुर्खेत विमानस्थलमा अवतरण गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार