सिरहामा लागुऔषधसहित दुई पक्राउ, नगद, ब्राउन सुगर र सुनका गहना बरामद
२०८२ असार २० शुक्रवार
- दुबैलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि सिरहा जिल्ला अदालतमा म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । अदालतबाट ५ दिनको म्याद स्वीकृत गरिएको हो ।
सिरहा: सिरहाको लहान नगरपालिका–११ स्थित पडरिया टोलबाट लागू औषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधको कारोबारमा संलग्न रहेको आशंकामा छापा मार्दा लाखौं नगद, सुन बराबरका गरगहना तथा ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा लहान–११ का २८ वर्षीय मिथलेश चौधरी र २४ वर्षीय राज नन्दन चौधरी रहेका छन् ।
चौधरीको घरमा खानतलासी गर्दा ११३.९१ ग्राम ब्राउन सुगर (प्लास्टिकसहित), नेपाली नगद रु. २,७५,३००, भारतीय रुपैयाँ १,२५०, सुन जस्तो देखिने तिलहरी १ थान, नेकलेस १ थान, डिजिटल तराजु, मोबाइल १ थान, कैंची तथा अन्य लागू औषध कारोबारमा प्रयोग हुने सामाग्री फेला परेको प्रहरीको भनाइ छ ।
त्यसैगरी राज नन्दन चौधरीको साथबाट १०.७१ ग्राम ब्राउन सुगर (प्लास्टिकसहित), नगद रु. २,१००, र मोबाइल १ थान बरामद गरिएको छ।
दुबैलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि सिरहा जिल्ला अदालतमा म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । अदालतबाट ५ दिनको म्याद स्वीकृत गरिएको हो ।
जम्मा बरामद लागुऔषधको मात्रा प्लास्टिकसहित १२४.६२ ग्राम, प्लास्टिक बाहेक ११८.६१ ग्राम रहेको छ भने बरामद नगद नेपाली रुपैयाँ २,८६,७१० पुगेको छ।
प्रहरीका अनुसार लागुऔषध कारोबारविरुद्ध कडा निगरानी र कारबाही अभियान जारी रहनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’