- विहीबार काठमाडौंमा विभिन्न अस्पतालका प्रमुखहरू, एसोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, विभिन्न सोसाइटीहरू, चिकित्सक समाज र आवासीय चिकित्सकलगायत सम्पूर्ण सरोकारवालाहरूसँग छलफल गरेको हो ।
काठमाडौं : नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको विषयमा सम्पूर्ण सरोकारवालाहरूसँग बृहत छलफल गरेको छ ।
विहीबार काठमाडौंमा विभिन्न अस्पतालका प्रमुखहरू, एसोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, विभिन्न सोसाइटीहरू, चिकित्सक समाज र आवासीय चिकित्सकलगायत सम्पूर्ण सरोकारवालाहरूसँग छलफल गरेको हो ।
उपचार प्रक्रियामा भएको लापरबाहीका कारण बिरामीको ज्यान गएको तथा पीडित परिवारलाई थप मर्का परेको भन्दै परेका उजुरीमाथि अदालतले चिकित्सक तथा अस्पतालहरूलाई करोडौँ क्षतिपूर्ति तिराउने फैसला गरेपछि चिकित्सकहरूले विरोध जनाएका छन् । यसै विषयमा चिकित्सक संघले छलफल चलाएको हो ।
उपभोक्ता अदालतका यी फैसलाले अस्पताल र चिकित्सकहरूलाई हतोत्साहित बनाएको नेपाल चिकित्सक संघको दाबी छ ।
नेपाल मेडिकल एशोसियशनको महासचिव डा.सन्जिव तिवारीले स्वास्थ्य प्रक्रिया भनेको एउटा जटिल प्रक्रिया भएको भन्दै बिरामीहरुले अपरेशन गरेको ठाँउमा घाउको खत देखियो भनेको भरमा डाक्टरलाई क्षतिपूर्ती तिराउने कुरा सहि नभएको भन्दै यसमा विमति भएको बताए ।
उनले भने, ‘नेपाल सरकारले प्रत्येक पेशाको लागि न्यायिक अंग खडा गरेको छ । पेशामा भएको विषय सम्बन्धित काउन्सिलले हेर्ने हो । छलेर ढुङ्गा मिसाएर चामल बेचेको जस्तो ठग्ने काम गरेको होइन् । स्वास्थ्य प्रक्रिया भनेको एउटा जटिल प्रक्रिया हो । अपरेशन गरेको ठाँउमा घाउको खत देखियो भनेर डाक्टरले क्षतिपूर्ती दिनुपर्यो भन्न मिल्दैन।’
साथै, नेपाल अर्थोपेडिक एशोसिएशनको वरिष्ठ उपाध्यक्ष प्राध्यापक डा.दिपक कुमार दत्तले नेपाल मेडिकल काउन्सिलको सल्लाहबिना उपभोक्ता अदालतले लिएको निर्णय गलत भएको बताए ।
उनले भने, ‘उपभोक्ता अदालतले नेपाल मेडिकल काउन्सिलको सल्लाह नलिइकन जुन निर्णय गरेको छ, जुन डाक्टरमाथि अन्याय भएको छ, त्यस विषयमा हामी छलफलमा जुटेका हौं । यस्ता विषयमा विज्ञ काउन्सिलले छानबिन गरेर मात्र गरोस भन्ने हाम्रो माग हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’