‘राज्यले मलाई साङ्केतिक रुपमा प्रयोग गरेर नागरिकको मुख बन्द गर्न खोज्यो’
२०८२ असार १९ विहिवार
- त्यस्तै उनले समाचारसँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तालाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरु सच्याउने ठाउँ हुँदाहुँदै अभियोग लगाउनु र तर्साउने उद्देश्य भएको टिप्पणी गरे ।
काठमाडौं: पत्रकार दिलभूषण पाठकले राज्यले साङ्केतिक रुपमा प्रयोग गरेर सिंगो पत्रकारिता जगतलाई राज्यमाथि प्रश्न गर्न रोक लगाउन खोजेको बताएका छन् ।
बिहीबार २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएपछि नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले आफूलाई प्रयोग गरेर तमाम नागरिक समाज अथवा सिंगो पत्रकारिता जगतलाई राज्यमाथि प्रश्न नगर, तिमीहरुको हैसियत छैन् भन्ने जमर्को गरेको बताएका हुन् ।
उनले भने,‘एउटा दिलभूषण पाठकलाई साङ्केतिक रुपमा प्रयोग गरेर तमाम नागरिक समाज अथवा सिंगो पत्रकारिता जगतलाई राज्यमाथि प्रश्न नगर, तिमीहरुको हैसियत छैन् भन्न खोजेको हो ।’
त्यस्तै उनले समाचारसँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तालाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरु सच्याउने ठाउँ हुँदाहुँदै अभियोग लगाउनु र तर्साउने उद्देश्य भएको टिप्पणी गरे ।
न्याय क्षेत्रमा लागेका तमाम मानिसहरुले यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचना गर्ने अथवा तिनको मुख बन्द गर्ने प्रयत्न भएका धारणा राखेको उनको भनाइ थियो । उनले आफूले पनि यस मुद्दालाई त्यसरी नै बुझेको बताए ।
उनले भने,‘समाचारसँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तालाई प्रत्यक्ष संवाद गरेर त्रुटिवस भएका गल्तीहरु सच्याउने ठाउँ हुँदाहुँदै कसैलाई यो अभियोग लगाउनु तर्साउने उद्देश्य नै हो । न्याय क्षेत्रमा लागेका तमाम मानिसहरुले गरेको प्रश्न यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचना गर्ने अथवा तिनको मुख बन्द गर्ने प्रयत्न हो ।’
पत्रकार पाठकले सार्वजनिक पदमा बस्ने मानिसहरु नागरिकका प्रश्नको जवाफ दिन तयार हुनुपर्ने, सार्वजनिक पदमा बस्ने मानिसहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्न थालेभने यस्तो खालको आक्षेपहरु लाग्न बन्द हुने आशयले आफूले भिडियो बनाएको स्पष्ट पारे । तर सो कन्टेन्टलाई नीजि औजारका रुपमा प्रयोग गरेर आफू माथि आक्रमण गर्ने प्रयास भएको उनको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’