डाँका र संगठित अपराध मुद्दाका फरार प्रतिवादी सुजन विक उर्फ सुजेन्द्र लोहनी पक्राउ

२०८२ असार १२ विहिवार
सारांश
  • उदयपुर जिल्ला त्रियुगा नगरपालिका–१२ निवासी ३० वर्षीय सुजन विक लामो समयदेखि भारतमा लुकिछिपी बस्दै आएका थिए। प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले मिति २०८२ असार १२ गते बिहान करिब १ः०० बजे सिरहा नगरपालिका–१७, खैरटोका नजिकैबाट लोहनीलाई नियन्त्रणमा लिएको हो ।

सिरहा : डाँका तथा संगठित अपराधसम्बन्धी गम्भीर मुद्दामा संलग्न रही फरार रहेका प्रतिवादी सुजन विक उर्फ सुजेन्द्र लोहनीलाई प्रहरीले सिरहा–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ ।


उदयपुर जिल्ला त्रियुगा नगरपालिका–१२ निवासी ३० वर्षीय सुजन विक लामो समयदेखि भारतमा लुकिछिपी बस्दै आएका थिए। प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले मिति २०८२ असार १२ गते बिहान करिब १ः०० बजे सिरहा नगरपालिका–१७, खैरटोका नजिकैबाट लोहनीलाई नियन्त्रणमा लिएको हो ।


मिति २०७९ फागुन १० गते करिब २ः४५ बजे सिरहा मिर्चैया नगरपालिका–३ स्थित बताहा पुल नजिक ग्लोबल आइएमई बैंक कल्याणपुर शाखामा कार्यरत कर्मचारीले नौ लाख रुपैयाँ बैंकबाट निकाली मोटरसाइकलमा बोकी कार्यालयतर्फ जाँदै गर्दा डाँकाको घटना भएको थियो ।


उक्त मोटरसाइकलमा कर्मचारीसँगै सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी जवान नितेश खवास पनि थिए। तर बाटोमा निलो रंगको यमाहा ःत् मोटरसाइकल र रातो रंगको त्ख्क् अपाचे मोटरसाइकलमा आएका चार जना सशस्त्र व्यक्तिहरूले उनीहरूलाई कुटपिट गर्दै हतियारको डर देखाई रकम लुटेर फरार भएका थिए ।


प्रहरी अनुसन्धानबाट घटनामा संलग्न मुख्य आरोपीमध्ये एक लोहनीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहा मार्फत सिरहा जिल्ला अदालतमा पेश गरिएको छ। बाँकी फरार प्रतिवादीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार