सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेका छौं : चन्द्र ढकाल

२०८२ असार ११ बुधवार
सारांश
  • बुधबार काठमाडौंमा आयोजित एभरेष्ट फाइबर सिमेण्ट बोर्ड प्रालिको समउद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमा बोल्दै उनले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने काममा अगाडि बढेको भन्दै त्यसको लागि सरकारलाई सुझाव दिनको लागि महासंघको पहलमा उच्चस्तरिय आर्थिक सुधार आयोग बनाउनुपर्ने बताए ।

काठमाडौं : उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेको बताएका छन् । 


बुधबार काठमाडौंमा आयोजित एभरेष्ट  फाइबर सिमेण्ट बोर्ड प्रालिको समउद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमा बोल्दै उनले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने काममा अगाडि बढेको भन्दै त्यसको लागि सरकारलाई सुझाव दिनको लागि महासंघको पहलमा उच्चस्तरिय आर्थिक सुधार आयोग बनाउनुपर्ने बताए । 


उनले भने, ‘नेपालमा लगानीको वातावरण छैन्, लगानीको सम्भावना छैन् भन्ने कुरा उठेको बेला लगानीको वातावरण कसरी बनाउने, कसरी सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने, कसरी रोजगारी सिर्जना गर्ने भन्ने लगायतका उद्देश्यसहित हामीले काम सुरु गरेका थियौं । उद्योग वाणिज्य महासंघको पहलमा हाम्रो परम्परागत कानूनहरु परिवर्तन गर्नको लागि उच्चस्तरिय आर्थिक सुधार आयोग बनाउनु पर्यो जसले ती परम्परागत कानूनहरु परिमार्जन गर्नको लागि नेपाल सरकारलाई सुझाव दिन सकोस् र त्यो सुझावको आधार लगानीलाई प्रोत्साहन गरोस् भन्ने उद्देश्यहरु राखेर हामीले काम सुरु गरेका थियौं ।’


यस्तै, उनले नेपालमा सम्भावना छैन् भन्ने नकारात्मक भाष्यलाई चिर्ने हिसाबमा अगाडि बढि रहेको भन्दै नेपालभित्रै रोजगारी सिर्जना गर्न सक्यौं दिगो विकास सहज हुने बताए । 


उनले भने, ‘नेपालमा सम्भावना छैन् भन्ने जुन नकारात्मक हिसाबको एउटा भाष्य बनि रहेको अवस्थामा नेपालमा सम्भावना छ भन्ने खालको प्रचार गर्दै अगाडि बढि रहेका छौँ । हामीले यही नै रोजगारी सिर्जना गर्न सक्यौँ भने आफंैले आन्तरिक रुपमा पूर्वाधार विकास गर्न सक्छाँै । हामीले बाहिरि सहयोग भन्दा पनि आन्तरिक रुपमा रोजगारी बढाएर आर्थिक विकास गर्ने हो भने दिगो रुपमा विकास हुन सक्छ भन्ने विश्वासका साथ अघि बढ्नुपर्छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार