काठमाडौँ उपत्यकामा २४ सै घण्टा स्वच्छ र सुरक्षित खानेपानी आउने
२०८२ असार ७ शनिवार
- मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिका लागि मेलम्चीको बिकल्प मेलम्ची नै भएको जिकिर गरे ।
काठमाडौँ: खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौँ उपत्यकावासीका घरघरमा २४ सैँ घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने बताएका छन् ।
शनिबार बुढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको उदघाटन तथा काठमाडौँ उपत्यका खोपानी लिमिटेड (केयुकेएल) लाई औपचारिक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौँवासीले अब वर्षा र हिउँदका कुनैपनि मौसममा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको अभाव भोग्नु नपर्ने तथा मेलम्चीको पानी दैनिक रुपमा वितरण गरिने विश्वास दिलाए ।
विगतका वर्षमा माघ महिनामा मात्रै काठमाडौँमा मेलम्चीको पानी आउने गरेको उदाहरण भएपनि आफूले खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि असोज महिनामै यहाँ पानी ल्याएर खुवाउन सफल भएको उनको भनाई छ ।
मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ र दिगो खानेपानी सेवाको पहुँच पु¥याउन आवश्यक रणनीति बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।
‘स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ’ को परिकल्पनालाई साकार पार्ने उद्देश्यले निर्माण गरिएको यो आयोजना केवल खानेपानी आपूर्तिमै सिमित नरहने तथा यो आयोजना एक महत्वपूर्ण र रणनीतिक पाइला भएकाले यसले समग्र नगरपालिकाको विकासमा ठूलो योगदान पु¥याउँने मन्त्री यादवले बिश्वास व्यक्त गरे ।
मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिका लागि मेलम्चीको बिकल्प मेलम्ची नै भएको जिकिर गरे ।
काठमाडौँ उपत्यकावासीका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट पनि थप पानी ल्याउनका लागि काम एवं प्रयास भईरहेको भएपनि वन मन्त्रालय र निकुञ्जले विभिन्न कानुनी अड्चन थाप्दा समस्या उत्पन्न भइरहेको गुनासो गरेका छन् ।
उक्त खानेपानी आयोजनाको निर्माण बागमती प्रदेश सरकार अन्तर्गतको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन नं. ५, बुढानीलकण्ठ नगरपालिका, र केयुकेएलको संयुक्त समन्वयमा सम्पन्न भएको जनाइएको छ ।
कार्यक्रममा बागमती प्रदेश खानेपानी तथा सिचाँईमन्त्री श्यामबहादुर खड्का, बुढानीलकण्ठ नगरपालिका नगरप्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं ४ का वडाअध्यक्ष राम केशी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, भ्यालीबोर्डका प्रमुख डा संजिवविक्रम राणालगायतको सहभागिता रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।