मुख्यमन्त्री कार्की र चीनका राजदूतबीच भेट, किमाथांका–जोगबनी सडकको चर्चा

२०८२ जेठ ३० शुक्रवार
सारांश
  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त भेटमा दुईपक्षीय हितका विविध विषयमा छलफल गरिएको थियो ।

विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र नेपालका लागि चिनियाँ राजदूत चेन सोंगबीच विराटनगरमा शिष्टाचार भेटवार्ता भएको छ । 


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त भेटमा दुईपक्षीय हितका विविध विषयमा छलफल गरिएको थियो ।


भेटका क्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले पछिल्लो समय सञ्चालन गरिरहेको विकास परियोजनाबारे जानकारी गराउँदै कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सहयोगका लागि आग्रह गरेका छन् । 


उनले किमाथांका–जोगबनी सडक आयोजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै उक्त सडकले नेपालमा पर्यटन प्रवद्र्धन र व्यापार विस्तारमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।


राजदूत चेन सोंगले कोशी प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय र बजारीकरणयोग्य बनाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।


चीनले कोशी प्रदेशसँग सहकार्यका लागि चासो राखिरहेको उल्लेख गर्दै किमाथांका क्षेत्रमा चीनतर्फका निर्माण कार्य सम्पन्न भइसकेको तर नेपालतर्फ ढिलाइ भएकोप्रति चासो व्यक्त गर्दै निर्माणमा तीव्रता दिनुपर्नेमा उनले जोड समेत दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार