साझा यातायात र प्रहरीको बस सेवा सुचारु

२०८२ जेठ १९ सोमवार
सारांश
  • सोमबार सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सबै सार्वजनिक सवारी साधन बन्द गरेको अवस्थामा पनि साझा यातायातले एयरपोर्ट, बानेश्वर, रत्नपार्क, नागढुंगा, लगनखेल, नयाँ बसपार्क र लगनखेल नारायणथानको रुटमा नियमित रुपमा सेवा प्रदान गरिरहेको छ ।

काठमाडौं : अन्य यातायात बन्द हँुदा पनि साझा यातायातले २१ वटा बसमार्फत नियमित रुपमा सेवा प्रदान गर्दै आएको छ । 


सोमबार सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सबै सार्वजनिक सवारी साधन बन्द गरेको अवस्थामा पनि साझा यातायातले एयरपोर्ट, बानेश्वर, रत्नपार्क, नागढुंगा, लगनखेल, नयाँ बसपार्क र लगनखेल नारायणथानको रुटमा नियमित रुपमा सेवा प्रदान गरिरहेको छ । 


यसको साथै, नेपाल प्रहरीले पनि निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएको छ ।


नेपाल प्रहरीले निःशुल्क बस सेवा उपलब्ध गराएको रुट नम्बर १ नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुल्चोक, नयाँ बानेश्वर, बालुवाटार, शिक्षण अस्पताल, चक्रपथ रहेको छ । 


यस्तै, रुट नम्बर २ विमानस्थल, कोटेश्वर, थिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, गौशाला, रत्नपार्क, बालुवाटार, शिक्षण अस्पताल, चक्रपथ, तीनकुने, रातोपुल रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार