कर्णालीका यातायात व्यवसायीले कालो र रातो प्लेटका सवारी चल्न नदिने

२०८२ जेठ १८ गते आइतवार
सारांश
  • उनीहरुले विभिन्न ७ बुँदे माग राखी आइतबार देशभर एक १ घण्टा चक्काजामसमेत गरेका छन् ।

सुर्खेत: कर्णालीका यातायात व्यवसायीहरुले सोमबारदेखि कालो र रातो प्लेटका सवारी साधनहरु चल्न नदिने चेतावनी दिएका छन् ।

 

सरकारले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् । 


सवारी ऐन विपरीत संघीय सरकारसँग बाँझिने गरी सातै प्रदेश सरकारहरूले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधा सरह सञ्चालनको अनुमति दिने नियमावली ल्याउन लागेकोले आन्दोलन गर्नु परेको यातायात व्यवसायीको भनाई छ । आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका कर्णाली प्रदेशका संयोजक रमेश सापकोटाले सोमबारदेखि सार्वजनिक यातायात चल्न नदिने बताए । 


गण्डकी प्रदेश सरकारले ल्याएको विधेयक खारेज गर्नु पर्ने सापकोटाले बताए । ‘गण्डकी प्रदेश सरकारले निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावली व्यवसायीको हितमा छैन्’ उनले भने, ‘संघीय सवारी ऐन २०४९ को विपरित छ ।’ प्रदेश सरकारले गण्डकीको जस्तै कानून बनाएको अवस्थामा सार्वजनिक यातायात धरापमा पर्ने सापकोटाले बताए । गण्डकीको नियमावली खारेज नभए जेठ १९ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालन नगर्ने उनको भनाई छ । 


यातायात व्यवसायी महासंघ कर्णाली प्रदेश समितीले सरकारलाई सात बुँदे ज्ञापन पत्र समेत बुझाएको छ । उनीहरुले विभिन्न ७ बुँदे माग राखी आइतबार देशभर एक १ घण्टा चक्काजामसमेत गरेका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार