दलतन्त्र’ को एकाधिकारले नागरिकका वास्तविक सरोकार ओझेलमा

२०८२ जेठ १५ गते बिहिबार
सारांश
  • बिहिबार गणतन्त्र दिवसको शुभकामना दिँदै उनले नागरिकका स्वभाविक आकांक्षा र सामान्य चाहनासमेत सम्बोधन नहुँदा गणतन्त्रको वास्तविकता ओझेलमा परेको बताएका हुन् ।

काठमाडौं  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोल प्रसाद अर्यालले ‘दलतन्त्र’ को एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममाथि प्रहार गर्दा नागरिकका वास्तविक सरोकार ओझेलमा परेको बताएका छन् । 


बिहिबार गणतन्त्र दिवसको शुभकामना दिँदै उनले नागरिकका स्वभाविक आकांक्षा र सामान्य चाहनासमेत सम्बोधन नहुँदा गणतन्त्रको वास्तविकता ओझेलमा परेको बताएका हुन् । 


उनले भने, ‘दलतन्त्रको एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममाथि नै प्रहार गर्दा सीमित दल र नेताहरूको वरिपरि घुम्ने शक्ति अभ्यासले नागरिकका वास्तविक सरोकार ओझेलमा परेका छन् ।’ उनले थप भने,‘नागरिकका स्वभाविक आकांक्षा र सामान्य चाहनासमेत सम्बोधन नहुँदा उनीहरूमा बढेको निराशा आक्रोशमा रूपान्तरण हुँदैछ, जुन व्यवस्थाको सुव्यवस्थित सञ्चालन र स्थायीत्व लागि शुभ होइन ।’


सरकारले प्रमुख दुई दलको सत्ता समीकरणको रसायन भनिएको संविधान संशोधनलाई नै रणनीतिक रूपमा ओझेलमा पारेको बताए । उनले गणतन्त्रलाई थप गतिशील बनाउन संवैधानिक सुधार अपरिहार्य भएको भन्दै यसतर्फ नेतृत्व गम्भीर हुनुपर्ने बताए ।

 
‘नागरिकले शासकीय स्वरुप र शैली तथा केही गणतान्त्रिक संरचनाप्रति व्यक्त गर्दै आएको असन्तुष्टिको सम्बोधनसहित गणतन्त्रलाई थप गतिशील बनाउन संवैधानिक सुधार अपरिहार्य भइसक्यो । यसतर्फ सरकार, राजनीतिक नेतृत्व र आमनागरिकको गम्भीर ध्यानाकर्षण गराउँछौं,’ उनले भने । 


उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि साँधिएको प्रतिशोधले गणतान्त्रिक मूल्य–मान्यता तथा राज्यका अगं र संरचनाप्रति नै चरम अविश्वास बढाएको पनि बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार