होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट संचालनमा, अध्यक्ष ढकालले गरे उद्घाटन
२०८२ जेठ १० शनिबार
- उक्त रेष्टुरेन्टको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा सम्भावना हुँदाहुँदै पनि कतिपय चिजहरुलाई गुमाइरहेको बताए । उनले नेपालमा साच्चिकै सम्भावना रहेकाले आफ््नै देशमा होटल रेष्टुरेन्ट संचालनमा ल्याउनु सकारात्मक पक्ष भएको बताए ।
काठमाडौं : ईन्द्रेणी मल्टीप्रपोज ईन्भेस्टमेन्ट प्रालिले होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट संचालनमा ल्याएको छ । शनिबार एक विशेष कार्यक्रमकाबीच उक्त रेष्टुरेन्ट संचालनमा ल्याइएको हो ।
उक्त रेष्टुरेन्टको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा सम्भावना हुँदाहुँदै पनि कतिपय चिजहरुलाई गुमाइरहेको बताए । उनले नेपालमा साच्चिकै सम्भावना रहेकाले आफ््नै देशमा होटल रेष्टुरेन्ट संचालनमा ल्याउनु सकारात्मक पक्ष भएको बताए ।
उनले भने, ‘अहिले नेपालमा एकदमै सम्भावना हुँदाहुँदै पनि कतिपय चिजहरुलाई गुमाइरहेका हुन्छौं । कतिपय सम्भावनाहरु अगाडि बढाउनका लागि नकारात्मक वातावरण छैन भन्ने हिसावलाई चिर्नका लागि देशमै केही न केही गर्नुपर्ने भन्ने यो एउटा सकारात्मक उदाहरण हो । नेपालमा साच्चिकै सम्भावना छ भन्ने जुन म्यासेज दिनको लागि र नेपालमा रहनु हुने सबैलाई सम्भावना छ भन्ने उदेश्यले होटल अगाडि बढाउनु भयो यो साच्चिकै राम्रो पक्ष हो ।’
साथै उनले हरेक नेपाललाई प्रमोट गर्ने एउटा सम्भावित एरियामा लगानी गर्नु सबल पक्ष भएको बताए । उनले मार्कोपोलो प्रालि.ले आफैंमा नेपालको पर्यटक क्षेत्रलाई अगाडि बढाउनमा विशेष भूमिका खेलेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’