आन्दोलनमा जव गुन्जियो ‘रगत सबको रातै हो, सेतो हुने कुन छ ?’

२०८२ जेठ १० शनिबार
सारांश
  • न्यायको माग राख्दै काठमाडौंमा भएको प्रदर्शनपछि भएको सभामा चर्चित सांरगीवादक एवम गायक हेमन्त कान्छ रसाइलीको प्रश्तुतीले माहोल भावुक बनायो । सांरगीसहित सभामा उपस्थित भएका हेमन्तले ‘रगत सबको रातै हो, सेतो हुने कुन छ ?’ भन्ने बोलको गीत प्रश्तुत गर्दा सहभागीहरुको आँखा रसाएका थिए ।

काठमाडौं : रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणको ६ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।


न्यायको माग राख्दै काठमाडौंमा भएको प्रदर्शनपछि भएको सभामा चर्चित सांरगीवादक एवम गायक हेमन्त कान्छ रसाइलीको प्रश्तुतीले माहोल भावुक बनायो । सांरगीसहित सभामा उपस्थित भएका हेमन्तले ‘रगत सबको रातै हो, सेतो हुने कुन छ ?’ भन्ने बोलको गीत प्रश्तुत गर्दा सहभागीहरुको आँखा रसाएका थिए । 


१० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।


उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।


उक्त घटनामा जिल्ला अदालत रुकुम पश्चिमले गरेको फैसला जन्मकैदको न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सजाय सदर गरेको थियो । त्यसविरुद्ध दलित अभियान्ताहरु निरन्तण आवाज उठाइरहेका छन् । ‘दलितका लागि दलित’ अभियानको नेतृत्व गरिरहेका खगेन्द्र सुनारले उक्त घटनालाई न्यायलयले पनि अन्याय गरेको बताउने गरेका छन् ।

 

उक्त सामुहिक हत्याकाण्ड उपर उच्च अदालत, सुर्खेतको फैसला (जातिय विभेद हैन) को विरोधमा लामो समयदेखि माइतीघरमा धर्ना र आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार