तीन निर्माण कम्पनी परे कालोसूचीमा

२०८२ जेठ ८ बिहिबार
सारांश
  • काठमाडौं महानगरपालिका( १४ ठेगाना उल्लेखित एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुंगाना र खेमराज आचार्य डेढ वर्षका लागि कालोसूचीमा परेका छन् ।

काठमाडौं : तीन वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरुको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।


काठमाडौं महानगरपालिका( १४ ठेगाना उल्लेखित एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुंगाना र खेमराज आचार्य डेढ वर्षका लागि कालोसूचीमा परेका छन् ।


सल्यानको लेखपोखरा(६ ठेगाना उल्लिखित तुलसी निर्माण सेवा र त्यसका मुख्य व्यक्ति पूर्णबहादुर भण्डारीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।


बाँकेको डडुवा गाउँपालिका(५ मा रहेको यज्ञश्वरी निर्माण सेवा र त्यसका प्रमुख व्यक्ति बिना बिसीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ ।


निर्माण र आपूर्तिको ठेक्का लिएर काम नगरेपछि सम्बन्धित ठेक्का लगाउने निकायले कालोसूचीमा राख्न सिफारिस गर्न सक्छ ।


त्यसपछि सार्वजनिक खरिद अनुगन कार्यालयले त्यसरी सिफारिस भएका निर्माण कम्पनी र आपूर्तिकर्ताबारे थप बुझैर कालोसूचीमा राख्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार