फरार प्रतिवादी यादव पक्राउ

२०८२ जेठ ८ बिहिबार
सारांश
  • जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, २०८१ साल फागुन १७ गते दिउँसो १ बजे ४० वर्षीय यादवले आफ्नो २५ वर्षीया श्रीमती अंजली यादवमाथि कुटपिट गरी घरबाट निकालेका थिए। त्यस यता हरिराम करिब ३÷४ दिनदेखि सम्पर्क विहीन रहेको र उनको घरमा ताला लागेको सूचनाका आधारमा स्थानीयवासीले शंका जनाउँदै प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौं : धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–५, बनिनियाँमा भएको जघन्य कर्तव्य ज्यान मुद्धामा फरार रहेका प्रतिवादी हरिराम यादवलाई प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, २०८१ साल फागुन १७ गते दिउँसो १ बजे ४० वर्षीय यादवले आफ्नो २५ वर्षीया श्रीमती अंजली यादवमाथि कुटपिट गरी घरबाट निकालेका थिए। त्यस यता हरिराम करिब ३÷४ दिनदेखि सम्पर्क विहीन रहेको र उनको घरमा ताला लागेको सूचनाका आधारमा स्थानीयवासीले शंका जनाउँदै प्रहरीलाई खबर गरेका थिए ।


खबर प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले हरिरामको घरमा ताल्चा फोडी जाँच गर्दा, भुईँतल्लामा रहेको कुलदेवताको पूजाकोठामा नयाँ सिमेन्ट ढलान गरिएको पाइएको थियो। उक्त स्थानमा उत्खनन गर्दा करिब दुई फिट मुनिबाट नाङ्गो अवस्थामा अंजली यादवको शव फेला परेको प्रहरीको भनाइ छ ।


घटनापछि यादव करिब १० महिनाकी छोरीसहित फरार थिए। मृतक अंजलीका पिता शिवधारी यादवले आफ्ना ज्वाइँ हरिरामविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएपछि घटनामा प्रतिवादीको संलग्नता पुष्टि भएको थियो ।


जाहेरीका आधारमा जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति प्राप्त गरी खोजी जारी रहँदा २०८२ साल जेठ ८ गते बिहान ९ बजे जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरी रेल्वे स्टेशनबाट प्रतिवादी यादवलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।


हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र प्रतिवादीसँगै फरार भएकी छोरीको अवस्थाबारे पनि खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार