बेलायती उपमन्त्रीद्वारा नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा
२०८२ जेठ ७ बुधबार
- जेनेभास्थित विश्व स्वास्थ्य सम्मेलनका क्रममा भएको भेटका क्रममा मन्त्री पौडेलले नेपालको स्वस्थ्य क्षेत्रमा पुर्याएको सहयोगका लागि बेलायत सरकारलाई आभार प्रकट गरे ।
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बेलायतको सार्वजनिक स्वास्थ्य तथा रोकथाम उपमन्त्री एस्ले डाल्टनसँग भेटवार्ता गरेका छन् ।
जेनेभास्थित विश्व स्वास्थ्य सम्मेलनका क्रममा भएको भेटका क्रममा मन्त्री पौडेलले नेपालको स्वस्थ्य क्षेत्रमा पुर्याएको सहयोगका लागि बेलायत सरकारलाई आभार प्रकट गरे । मन्त्री पौडेलले आधारभूत स्वास्थ्य सेवा सुदृढ पार्नका लागि बेलायत सरकारसँग सहकार्यका क्षेत्रबारे कुराकानी गरे ।
साथै अस्पताल सेवा सुधारका लागि समेत मन्त्री पौडेलले बेलायतसँग सहकार्यको प्रस्ताव गरे ।
बेलायती उपमन्त्री डाल्टनले नेपालको स्वास्थ्य सुधारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको प्रयासको प्रशंशा गरिन् । यसैगरी, नेपाल र बेलायतबीचको लामो मित्रताको चर्चा गर्दै थप सहकार्य वृद्धि हुने अपेक्षा गरिन् ।
मन्त्री पौडेलले सम्मेलनका क्रममा विभिन्न देश तथा संस्थाका स्वास्थ्य अधिकारीहरुसँग कुराकानी गर्दै नेपालको स्वास्थ्य सेवा सुधारमा सहकार्यको प्रस्ताव गरे । उनले भारतकी स्वास्थ्य सचिव पुण्य सलिला श्रीवास्तवसँग समेत नेपाल भारतको स्वास्थ्य सहकार्यका विविध आयामबारे चर्चा गरेका थिए ।
मन्त्री पौडेलले विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँग समेत बसाइका क्रममा स्वास्थ्य सेवा सुधारका लागि सहकार्यबारे कुराकानी गर्ने उनको सचिवालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।