- रायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले जिम्मेवारी लिएसँगै व्यवस्थित बनाउँदै ई–टिकेटिङ सुरु गरेपछि सग्रहालय व्यवस्थित देखिएको हो ।
काठमाडौं : काठमाडौंको व्यस्त र मध्य भागमा रहेको नारायणहिटी दरबार संग्रहालय व्यवस्थित र परिमार्जित बन्दै गएको छ ।
नारायणहिटी संग्रहालय तथा नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले जिम्मेवारी लिएसँगै व्यवस्थित बनाउँदै ई–टिकेटिङ सुरु गरेपछि सग्रहालय व्यवस्थित देखिएको हो ।
संग्रहालयका सूचना अधिकारी पुरुषोत्तम थापाले अनलाइन टिकट सुरु भइसकेको र ब्रेनलिपीको सुविधा सुरु गर्न लागिएको जानकारी दिए ।
टिकटको लागि अनलाइन सुविधा छ । लाइनमा बस्ने झन्झट छैन् । अपाङ्गमैत्री शौचालयको व्यवस्था गरेका छौँ । बच्चाहरुको लागि खेल्ने ठाउँको अलग्गै व्यवस्था छ । सम्भवत नेपालमै पहिलो पटक संग्राहलयहरुका लागि ब्रेनलिपीको अवधारणा सुरु गरेका छौं, उनले भने ।
सग्रहालय अवलोकनका लागि स्वदेशी तथा विदेशी गरी दैनिक एक हजारदेखि १२ सय आगन्तुकहरु आउने गरेको उनले जानकारी दिए । अवलोकन गर्नेमा सबैभन्दा बढी विद्यार्थीहरु आउने गरेका छन् ।
टिकटको लागि विदेशीलाई एक हजार रुपैंयाँ र स्वदेशीहरुका लागि दुई सय रुपैंयाँ टिकट शुल्क राखिएको साथै विद्यार्थीका लागि भने विशेष छुट रहेको उनले बताए ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई राष्ट्रिय सङ्ग्रहालय घोषणा गरेका थिए ।
त्यसको आठ महिनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ साल फागुन १५ गते नारायणहिटी सङ्ग्रहालयको औपचारिक उदघाटन गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’