क्यामेरा भाडा लिएर गायब बनाउन सक्रिय महर्जन

२०८२ जेठ ६ मंगलबार
सारांश
  • क्यामेरा वा अन्य महंगा उपकरणहरु भाडामा दिने गरेका संस्था र व्यक्तिहरुबाट महर्जनले प्रक्रिया पूरा गरेर भाडामा लिने तर फिर्ता नगरी गायब गर्ने गरेको पाइएको हो ।

काठमाडौं : काठमाडौं रानीबारी बस्ने सर्जु महर्जन नाम गरेका एक व्यक्तिले विभिन्न व्यवसायिक प्रयोजनका लागि महंगो मूल्यका क्यामेरा भाडा लिएर गायब गर्नेगरेको पाइएको छ ।


क्यामेरा वा अन्य महंगा उपकरणहरु भाडामा दिने गरेका संस्था र व्यक्तिहरुबाट महर्जनले प्रक्रिया पूरा गरेर भाडामा लिने तर फिर्ता नगरी गायब गर्ने गरेको पाइएको हो । 


गत फागुन २ गते केही साताका लागि भनेर काठमाडौंको थापागाउँस्थित फिल्मक्रिउ नेपालबाट एफएक्सथ्री एक थान क्यामेरा, २४÷७० को लेन्स साथै सोनी ब्राण्डको ७०÷२०० एमएमको लेन्सलगायतका करिब १२ लाख बराबरको उपकरणहरु भाडामा लिएर फिर्ता नगरेको फिल्मक्रियू नेपालका संचालक विष्णु कल्पित घिमिरेले जानकारी दिए । 


‘सम्पूर्ण कागजात  र कबुल गरेर उहाँले तीन महिना अघि क्यामेरा लैजानुभयो । आजसम्म फिर्ता गर्नुभएको छैन् । फिर्ता गर्छु भनेर आश्वासन मात्र दिइरहनुभएको छ । तर हामीले पाएको सूचना अनुसार उहाँले सस्तो मूल्यमा क्यामेरालागायत सबै उपकरण विक्री गरिसक्नुभएको छ रे’, उनले भने,‘हामी प्रहरीलाई उजुरी दिने तयारीमा छौं ।’


महर्जनले अर्का एक जना अनोज पाण्डेबाट पनि ए–सेभेन एसथ्री क्यामेरा र २४÷७० एमएमको लेन्च गरी ६ लाख मूल्य बराबरको उपकरण फिर्ता नगरेको पाइएको छ । त्यसअघि महर्जनले एक अर्का व्यक्तिको पनि क्यामेरा गायब बनाउने तयारी गरेपछि सामाजिक संजालमा सूचना सार्वजनिक गरेपछि १५ दिन पछाडि फिर्ता गरेको पाइएको छ ।


यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता युवराज खड्काले क्यामेराको विषय लेनदेनको विषय भएकाले स्थानीय तहका प्रहरी प्रशासनले हेर्ने बताए । सीआइबीले अपराधसँग सम्बन्धित मुद्दालाई मात्र अनुसन्धान गर्ने जानकारी दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार