- । लालबन्दी नगरपालिका १७ स्थित रानिगन्जको घिमिरे चोकमा सोमबार अपरान्ह पौने ५ बजेतिर दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ ।
रौतहट : सर्लाहीको रानिगन्जमा बस र म्याजिक ठोक्किँदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । लालबन्दी नगरपालिका १७ स्थित रानिगन्जको घिमिरे चोकमा सोमबार अपरान्ह पौने ५ बजेतिर दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार विराटनगरबाट मलङ्गबारका लागि छुटेको ना.६ ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना. १ ज २६४५ नम्वरको म्याजिक ठोक्किँदा म्याजिकमा सवार रानिगन्जकै २२ वर्र्षीया युवती सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीका अनुसार राजमार्ग विस्तार गर्न बनाइएको डाइभर्सन भएको ठाउँमा दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएकाको स्थानीय मोडेल अस्पतालमा उपचार भईरहेको उनले जानकारी दिए ।
मृतक युवतीको शव सोही अस्पतालमा रहेको दुर्घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।