महिला संघ (समाजवादी)को राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा
२०८२ जेठ २ शुक्रबार
- शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले सातांै राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । सम्मेलन यहि जेठ ३ र ४ गतेसम्म चल्नेछ ।
काठमाडौं : अखिल नेपाल महिला संघ समाजवादीको सातौ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले सातांै राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । सम्मेलन यहि जेठ ३ र ४ गतेसम्म चल्नेछ ।
‘समाजवाद निर्माणको आधार तयार गरौं, राज्यको सम्पूर्ण क्षेत्रमा समानुतिक सहभागिता सुनिश्चित गरौं’ भन्ने मुलनाराका साथ उक्त सम्मेलनको सम्पन्न हुन लागेको हो ।
उक्त सम्मेलनमा देशभरबाट ५९८ जना प्रतिनिधिहरूको सहभागिता रहनेछ । सम्मेलनको उदघाटन नेकपा ९एकीकृत समाजबादी० का अध्यक्ष माधवकुमार नेपालले गर्नेछन् ।
त्यस्तै, सम्मेलनलाई पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भूसाल लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।
साथै, सम्मेलनको उदघाटन सत्रमा नेपाली कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र महिला आन्दोलनका अग्रणी व्यत्तित्वहरूलाई सम्मान पनि गरिने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।