वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त र प्रभावकारी बनाउने
२०८२ जेठ २ शुक्रबार
- शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले सार्वजनिक सेवा प्रवाहमा निखारता ल्याउने जानकारी दिएको हो ।
काठमाडौं : रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने जानकारी दिएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले सार्वजनिक सेवा प्रवाहमा निखारता ल्याउने जानकारी दिएको हो ।
विभागका अनुसार राम्रा असल र जनमुखी रचनात्मक कार्यहरू सम्पादन गरी संविधानले परिकल्पना गरेका विषयहरू र सरकारले लिएका संकल्प र नीतिहरूको अर्थपूर्ण कार्यान्वयन गरी आगामी दिनमा वैदेशिक रोजगार विभागको सेवा प्रवाहमा गुणात्मक एवं रचनात्मक सुधार आउने कुरामा विभाग विश्वस्त रहेको छ ।
भूमण्डलीकरणको प्रभाव सार्वजनिक सेवा प्रवाहका नवीनतम विधि प्रविधि नविनतम सोच एवं संकल्पलाई मूर्त रूप दिन थप सकरात्मक पहल गर्दै सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई थप प्रभावकारी र संस्थागत गर्दै लगिने पनि विभागको प्रतिबद्धता रहेको छ ।
साथै, सार्वजनिक सेवाको क्षेत्रमा देखिएका वैदेशिक रोजगारी ठगी, राहत, उद्दार, अनुगमन र नियमनमा थप प्रभावकारी कदम चाल्न वैदेशिक रोजगार विभाग तत्पर र क्रियाशील रहने पनि उल्लेख गरेको छ ।
विभागले हाल गरिरहेको र आगामी दिनमा अपनाइने रणनीतिहरु ः
१.राहत उद्दार शाखा
क) वैदेशिक रोजगारीको क्रममा संस्थागत रूपमा वैदेशिक रोजगार व्यवसायीका काम कार्वाही विरूद्ध भएका राहत उद्दारका गुनासोहरू तत्काल सुन्ने गरिएको । यथासक्य चाँडो पीडितको गुनासो सुन्ने, व्यवसायीलाई र पीडितलाई सँगै राखेर छलफल गर्ने गरेको । मिलापत्रको माध्यमबाट पीडितलाई राहत दिने गरिएको, हाल राहतका पुराना कुनै पनि उजुरी र गुनासाहरू नरहेको ।
ख) पीडितमैत्री कार्य व्यवहार र शैलीको प्रभावकारिताले कतिपय पीडितहरूले न्याय पाए पश्चात विभागको कार्यशैलीलाई धन्यवाद समेत दिने गरेको । आगामी दिनहरूमा अझै प्रभावकारी र क्रियाशील,
२) प्रशासन शाखा
क) पुराना फाइलिङ व्यवस्थापनमा जोड दिइएको, कार्यालय सरसफाई साथै कर्मचारीलाई अनुशासित र मर्यादित हुन जोड दिइएको । सेवा प्रवाहको शैली, विधि, प्रकृया र व्यवहारमा सेवाग्राही मैत्री वातावरण अंगीकार गरिएको ।
ख) संस्था शाखाबाट सम्पादन हुँदै आएको काममा छिटो छरितो र फुर्तिलोपन अपनाई मुस्कान सहितको सेवाप्रवाहमा जोड दिइएको,
३) मुद्दा शाखा
क) सत्य र तथ्यमा आधारित रही कानूनको मान्य सिद्दान्त, मुल्य र मान्यतालाई आत्मसात गरी पीडितमैत्री न्याय प्रणालीको विकासमा जोड दिइएको,
ख) मुद्दा, अनुसन्धान र अभियोजन गर्ने कार्यमा चुस्तता,
४) अनुगमन शाखा
क) संस्थाहरुको गुनासो आउनसाथ त्तच्त् परिचालन गरी अनुगमन र नियमन गर्ने गरिएको
ख) अनुगमनलाई निरन्तरता दिइएको, अनुगमनको ढाँचा एंव कार्यविधी परिमार्जन गरी लागू गरिएको,
५) श्रम स्वीकृति शाखा
क) श्रम स्वीकृतिको सेवा प्रवाहलाई ९ध्यचप एभचmष्त यल तजभ क्बmभ म्बथ० को मान्यता अनुसार रितपूर्वकको अनलाईन दरखास्त फारम प्राप्त पश्चात चेकजाँच गरी आवेदन दिएकै दिन स्वीकृति प्रदान गर्ने व्यवस्थालाई अवको तीन दिन भित्र कार्यान्वयनमा ल्याइने । त्यसपछि केहि दिन भित्रै क्रमश स् आवेदन गरेको २ घण्टा भित्र र त्यसपछि १ घण्टा भित्र वा सो भन्दा कम अवधिमा नै स्वीकृती प्रदान गरिनेछ,
ख) रित नपुगेको अनलाईन दरखास्तको हकमा च्झबचपक सहित थप कागजात पेश गर्न तत्कालै एसएमएस पठाउने गरिएको । रितपूर्वकका कागजात पेश भएको खण्डमा तत्काल श्रम स्वीकृति दिने गरेको ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।