- सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पु¥याएको थियो
रामेछाप : वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्गको मर्मत कार्य जारी रहेको छ ।
सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पु¥याएको थियो । ती मध्ये अन्य ठाउँमा सडक मर्मतको काम सकिएको र माम्तीको डाइभर्सन मर्मत कार्य भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए ।
असोज महिनामा आएको बाढीले बीपी राजमार्ग बगाएपछि खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको बताउँदै उनले आधा घण्टादेखि एक घण्टाको बिचमा दुई तर्फी नै सडक सञ्चालन हुने जानकारी दिए ।
‘म फिल्डमै छु, अन्यत्र खासै क्षति छैन् । पहिला नै बनाएको पुरानो डाइभर्सन बगाएको हो, त्यहाँ हामीले नयाँ काम गर्न बाँकी थियो । बढीमा एक घण्टामा सडक सञ्चालन हुन्छ’, उनले भने ।
बीपी मार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक निर्माणको काम भइरहेको छ ।
अन्यत्र काम सकिएको भए पनि सो स्थानमा केही काम बाँकी रहेको योगेशले बताए । सो काम पनि छिटो सम्पन्न गरी वर्षामा पनि यातायात सञ्चालन गर्न सक्ने गरी सडक बन्ने उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’