सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीको विवाद

२०८२ वैशाख २७ शनिवार
सारांश
  • नागबेली कन्स्ट्रक्सनले पूर्वाधार कार्यालय मार्फत निर्माण सुरु गरेको सो सडकमा खोला मिचेर सडक बनाएको तथा एआई र स्थानीय तहसँग कुनै समन्वय नगरी खोलाको ढुङ्गा, चोकर लगायतका सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

 रामेछाप : जिल्लाको मन्थली–गेलु सडकको बफर खोला क्षेत्रमा भइरहेको निर्माण कार्यमा स्थानीय र निर्माण कम्पनीबीच विवाद भएको छ । 


नागबेली कन्स्ट्रक्सनले पूर्वाधार कार्यालय मार्फत निर्माण सुरु गरेको सो सडकमा खोला मिचेर सडक बनाएको तथा एआई र स्थानीय तहसँग कुनै समन्वय नगरी खोलाको ढुङ्गा, चोकर लगायतका सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् । 


सो कम्पनीले उक्त सडक क्षेत्रमा फाउण्डेसन निर्माण सहित २ सय ४५ मिटर सडक ढलानको ठेक्का लिएको छ । मझुवा र सो खण्डमा गरी १ करोड २५ लाख रुपैँयामा काम लिएको कम्पनीका प्रमुख वीरबहादुर बरुवाल बताउँछन् । 


खोला थुनेर सडक बनाएको कारण खोलामा बाढी आउने बित्तिकै खेत बगाउने स्थानीय रेनुका श्रेष्ठ बताउँछिन् । सडक बनाउँदा खेतलाई पनि सुरक्षा हुने गरी पर्खाल लगाउनु पर्ने उनको माग छ । 


खोला चेपेर रोड बनाई खेत पट्टी खोला लगाइदिँदा आफ्नो खेत कटान हुने अवस्थामा पुगेको स्थानीय सुनिल माझी बताउँछन् । ‘खेत बगाउने गरी सडक बनाइनु त भएन नि, त्यस माथि आलीका ढुङ्गासम्म ल्याएर रोड बनाएपछि खेत बस्दैन, कुलो हो कि खोला हो भन्ने छुट्टाउनै गाह्रो भएको छ’, माझीले भने । 


उता निर्माण व्यवसायी वीरबहादुर बरुवाल आफूले स्टमेट अनुसार नै काम गरेको बताउँछन् । फाउण्डेसन बनाउँदा आएका स्थानीय सामाग्री मात्र आफूले प्रयोग गरेको उनले दाबी गरे । 


मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ निर्माण व्यवसायीले समन्वय नै नगरी काम गर्दा समस्या आएको बताउँछन् । निर्माण व्यवसायीले कानुन विपरित खनिजजन्य सामाग्री प्रयोग गरेको उनको भनाइ छ । उनले कामको गुणस्तरमा समेत प्रश्न उठाए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार