अन्ततः धनुषाको विवादित चोकको नाम परिवर्तन गर्न सहमति जुट्यो, नयाँ नाम ‘श्रीराम चौक’ राखिने
२०८२ वैशाख २५ बिहीवार
- गत चैत्तमा धनुषाको सबैला नगरपालिकास्थित भठिहन भन्दा करिब १०० मिटर दक्षिण रहको चौबाटोलाई केही उदन्ड प्रवृतिका व्यक्तिहरुले यादवचोक लेखिएको बोर्ड राखेपछि विवाद सृजना भएको थियो ।
जनकपुर : धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित लामो समयदेखि विवादित रहेको यादवचौक नाम लाई हटाएर श्रीरामचौक राख्ने निर्णय भएको छ ।
गत चैत्तमा धनुषाको सबैला नगरपालिकास्थित भठिहन भन्दा करिब १०० मिटर दक्षिण रहको चौबाटोलाई केही उदन्ड प्रवृतिका व्यक्तिहरुले यादवचोक लेखिएको बोर्ड राखेपछि विवाद सृजना भएको थियो ।
सो क्रममा झडप हुँदा कयौं व्यक्ति घाईते भएका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीलागेर एक युवक गम्भिर घाईते हुन पुगेका थिए । ती युवकको अहिले पनि उपचारर भईरहेको छ ।
विवाद अन्त्य गर्न सबैला नगरपालिकाका मेयर कारिराम यादवले दुई महिनाभित्रै सो चोकको नामाकरण गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
डा नं. ९ का वडाध्यक्ष मनिष राय अमातको नेतृत्वमा बसेको सर्व पक्षिय बैठकबाट सो चोकको नाम श्रीराम चौक राख्ने निर्णय भएको छ । बैठकले चौकमा ‘श्रीराम चौक’ लेखिएको संकेत बोर्ड सार्वजनिक रूपमा राख्ने र सो बोर्डमा रामघाटतर्फ, कोल्लुवा मोड, र सतोश्वरधाम जाने दिशाहरू स्पष्ट रूपमा उल्लेख गरिने निर्णय गरेको छ । बोर्ड स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा अनावरण गरिने जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।