वैशाख शुक्ल पञ्चमी : आद्य शङ्कराचार्य जयन्ती

१९ बैसाख, २०८२, शुक्रवार
सारांश
  • वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान दिएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न मठ, पीठ एवं गुरूकुलमा आद्य शङ्कराचार्यले पुऱ्याएका योगदानका विषयमा चर्चा गरी मनाइँदै छ ।

काठमाडौँ, १९ वैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइने आद्य शङ्कराचार्य जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

 

वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान दिएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न मठ, पीठ एवं गुरूकुलमा आद्य शङ्कराचार्यले पुऱ्याएका योगदानका विषयमा चर्चा गरी मनाइँदै छ । दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरू र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो ।

 

बुढेसकालसम्म पनि सन्तान नभएपछि शिवगुरू र विशिष्टादेवीले भगवान् शिवको आराधना गरी पुत्र प्राप्त भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । ‘शङ्करं शङ्कराचार्यम् अर्थात् भगवान् शिव नै लुप्तप्रायः अवस्थामा पुगेको वैदिक सनातन धर्मको पुनरूत्थानका लागि आद्य शङ्कराचार्यका रूपमा जन्म लिएको भन्ने विश्वास छ ।

 

वेदान्त विषयका प्रा डा दीर्घराज घिमिरे कुमारिल भट्टले सुरू गर्नुभएको वैदिक सनातन धर्मको पुनःस्थापनामा आद्य शङ्कराचार्यको महत्त्वपूर्ण योगदान रहेको बताउँछ्न् । १६ वर्षको मात्र आयु लिएर जन्मनुभएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० वटा उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीतालगायत ग्रन्थको व्यापक विवेचनसहित भाष्य गरेका थिए ।

 

भगवान् शङ्करले नै अर्को १६ वर्ष आयु थपिदिएपछि भाष्य गरिएका ग्रन्थलगायत वैदिक सनातन धर्मका बारेमा भारतवर्षका कुनाकुनामा व्याख्या गर्दै हिँडेका पनि घिमिरेले बताए । यसै क्रममा उनले वैदिक सनातन धर्म संरक्षणका लागि भारतवर्षको चार ठाउँमा चारवटा मठ स्थापना गरे ।

 

उनले स्थापना गरेका चार मठमा श्रृङ््गेरी, गोवर्द्धन, शारदा र ज्योतिर्मठ छन् । यी मठले क्रमशः यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्ववेदको प्रतिनिधित्व गर्छन् । प्राचीनकालमा सबैतिर फैलिएको वैदिक सनातन धर्म लुप्तप्रायः बनेको थियो ।

आद्य शङ्कराचार्यले पुनःस्थापना गरेकोले आजको स्वरूपमा आइपुगेकाले उनको योगदानको चर्चा गरी प्रत्येक वर्ष जन्मजयन्ती मनाइन्छ । यस अवसरमा प्रत्येक वर्ष पशुपतिस्थित शङ्कराचार्य मठमा पनि कार्यक्रम गर्ने गरिएको छ । यसैगरी देशभरका मठ, पीठ र गुरूकुलमा पनि उहाँले पुर्याउनुभएको योगदानका विषयमा चर्चा गरिने जनाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार