- नेसनल प्याब्सनकी संस्थापक तथा वर्तमान राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा तीन जिल्लाका ७० वटा विद्यालयका १५० जना स्कुल लिडरहरूको उल्लेखनीय सहभागिता थियो ।
काठमाडौँ : काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका विद्यालय प्राचार्य, सह–प्राचार्य तथा स्कुल लिडरहरूका लागि नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिले आयोजना गरेको एकदिने तालिम भक्तपुरस्थित काठमाडौँ फन भ्यालीमा सम्पन्न भएको छ ।
नेसनल प्याब्सनकी संस्थापक तथा वर्तमान राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा तीन जिल्लाका ७० वटा विद्यालयका १५० जना स्कुल लिडरहरूको उल्लेखनीय सहभागिता थियो ।
तालिममा स्मार्ट बोर्डको उपयोग, डिजिटल माध्यममार्फत प्रभावकारी शिक्षण, संस्कारसहितको सिकाइ, सीपमैत्री मूल्यांकन र शिक्षण पद्धतिमा ध्यान केन्द्रित गरियो ।
प्रशिक्षकको रूपमा नेसनल प्याब्सनका पूर्वअध्यक्ष तथा शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्णबहादुर शाही, आईएनजी समूहका सीईओ सुलभ बुढाथोकी, स्मार्टरका संस्थापक सीईओ जित राघव र थ्रीसीआर एडुकेटरका प्रमुख उत्तम दाहालले प्रशिक्षण प्रदान गरेका थिए ।
तालिममा अध्यक्ष राणाले प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व अपरिहार्य रहेको बताएकी थिइन् । तालिमको समापन समारोहमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर प्रमुख अतिथि रहेका थिए ।
उनले सहभागी सबै स्कुल लिडरहरूलाई प्रमाणपत्र वितरण गर्दै शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि संस्थागत र सामुदायिक विद्यालयबिच सहकार्य आवश्यक रहेको उल्लेख गरे। साथै, उनले प्रदेश सरकारले यस्तो सहकार्यका लागि आवश्यक बजेट सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाए ।
नेसनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष होमबहादुर अधिकारीले कार्यक्रमको अध्यक्षता गर्दै विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न यस्तो गोष्ठी आवश्यक रहेको बताएका थिए। उनले यो कार्यक्रम एसोसिएसनको पूर्वनियोजित वार्षिक तालिकाअनुसार सञ्चालन गरिएको जानकारी दिए । ‘विद्यालयहरूलाई सबल बनाउने, गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने तथा नेतृत्व क्षमताको विकासका लागि यस्ता तालिम नियमित रूपमा सञ्चालन गरिनेछ,’उनले भने ।
कार्यक्रममा पूर्व अध्यक्षहरू पाण्डव हमाल, ऋतुराज सापकोटा, शिक्षा नीति तथा प्रशिक्षण आयोग प्रमुख कर्णबहादुर शाही, वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, बागमती प्रदेश अध्यक्ष नारायणकुमार कार्की, जिल्ला र नगरस्तरीय पदाधिकारीहरू, तथा विभिन्न विद्यालयका प्राचार्यहरूको उपस्थिति रहेको थियो । तालिम सञ्चालन नेसनल प्याब्सनका सह–सचिव प्रकाश अधिकारीले गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।