आन्तरिक रोजगार प्रवद्र्धन दशकको कार्ययोजना अन्तिम चरणमा

२०८२ वैशाख १८ बिहीवार
सारांश
  • बिहीवार अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिंदै उनले आगामी दश वर्ष भित्र वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यकारी अवस्थालाई अन्त्य गर्ने उद्देश्यसहित घोषणा भएको आन्तरिक रोजगार प्रवद्र्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको जानकारी गराएका हुन् ।

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले आन्तरिक रोजगार प्रवद्र्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको बताएका छन् । 


बिहीवार अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिंदै उनले आगामी दश वर्ष भित्र वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यकारी अवस्थालाई अन्त्य गर्ने उद्देश्यसहित घोषणा भएको आन्तरिक रोजगार प्रवद्र्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको जानकारी गराएका हुन् ।


उनले श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रमसँग सम्वन्धित कानून तथा नीतिहरु सुधारको कार्य अघि बढिको पनि बताए । 


उनले भने, ‘आगामी दश वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यकारी अवस्थालाई अन्त्य गर्ने उद्देश्यसहित घोषणा भएको आन्तरिक रोजगार प्रवद्र्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको छ । यसै क्रममा श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रम संग सम्वन्धित कानून तथा नीतिहरु सुधारको कार्य अघि बढिसकेको छ ।’


उनले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप, पूँजी र जाँगरको उचित उपयोग गर्दे स्कील्ड नेपाल र सीपयुक्त नेपालीको अवधारणामा आगामी दिनमा डिजिटल ट्र्याप डेथ ट्र्याप र डेट ट्र्याप बाट बाहिर निकाल्न समेतका लागि मन्त्रालय कटिबध्द रहेको रहेको बताए ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार