- ब्याक टु लाइफ इभी जर्मनीको आर्थिक सहयोग र कर्णाली सामूदायिक बिकास केन्द्र मुगुको प्राविधिक तथा साझेदारीमा नेरगाँउमा निर्माण भएको सुविधा सम्पन्न बर्थिङ सेन्टरले धेरैलाई राहत दिएको छ ।
मुगु : वर्षौँदेखि प्रसूति सेवा लिन ६ घण्टा पैदल यात्रा गरेर स्वास्थ्य संस्था धाउने सुत्केरी महिलाहरुका लागि मुगुको दुर्गम गाउँमा बर्थिङ सेन्टर स्थापनाले खुशीयाली छाएको छ ।
नार्थपु स्वास्थ्य सस्था र गमगढी बजारमा रहेको जिल्ला अस्पतालसम्म पुग्न तीन दिनसम्म लगाएर धाउने विरामीहरु सोरुगाँउपालिकाको नेर र लिब्रु गाँउमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीय खुशी भएका हो ।
ब्याक टु लाइफ इभी जर्मनीको आर्थिक सहयोग र कर्णाली सामूदायिक बिकास केन्द्र मुगुको प्राविधिक तथा साझेदारीमा नेरगाँउमा निर्माण भएको सुविधा सम्पन्न बर्थिङ सेन्टरले धेरैलाई राहत दिएको छ ।
सात कोठा एक तले भवन ६० लाख ८५ हजार ५ सय ७७ रुपैया र लिब्रुमा रहेको पाँचकोठा सहितको दुई तले ७२ लाख २१ हजार ३ सय २९ रुपैयाँ लागतमा बर्थिङ सेन्टर स्थापना भएको हो ।
विभिन्न सेवासुबिधासहित औषधी उपचारमा प्रयोग हुने लाखौं मूल्यका सामान एवम औजार, उपकरणसहित वर्थिङ सेन्टर सोरुगाँउपालिकालाई एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।
गाँउमा बर्थिङ सेन्टर नहँुदा टाढा धाउनुपर्ने नभए हेलिकोप्टरमार्फत सुर्खेत, नेपालगन्ज र काठमाडौं धाउनुपर्ने बाध्यता थियो । बर्थिङ सेन्टरको अभावमा केही बर्ष यता नेर र लिब्रु गाँउमा मात्र ६ दर्जन भन्दा बढी सुत्केरी आमाको मृत्यु भइसकेको छ ।
अव गाँउ घरमा औषधी उपकरणसहित बर्थिङ सेन्टर निर्माण भई सेवा सुरु भएपछि अकाल मृत्युबाट बाँच्नुका साथैं स्वास्थ्यमा सहज हुने भएकाले खुशी लागेको लिब्रु गाउँकी अंगसरा शाहीले बताइन् ।
वर्थिङ सेन्टरको माग भए अनुसार सोरु गाँउपालिकामा मात्र ६ वटा वर्थिङ सेन्टर निर्माण भइरहेका छन् । चारवटा बर्थिङ सेन्टर ब्याक टु लाईफ इभीले आफ्नै कर्मचारी राखेर सन्चालनमा ल्याएको छ । अन्य दुईवटा सेन्टर स्थानीय तहलाई हस्तान्तरण गरी पालिकाबाट सन्चालन हुनेछन् । थप सहयोगका लागि ब्याक टु लाइफ इभीका प्रतिनिधी महेश दत्त पन्थले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’