युरोपेली युनियनका राजदुत र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता
२०८२ वैशाख १६ मंगलवार
- भेटवार्ताको क्रममा नगर प्रमुख चिरीबाबु महर्जनले महानगरमा भएका कामको बारेमा चर्चा गरेका थिए । महानगरले सम्पदा संरक्षण, वातावरण संरक्षण , हरियाली प्रबद्र्धनको क्षेत्रमा प्रशस्तै काम गरेको बताए ।
ललितपुर : ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र युरोपेली युनियनका राजदुत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ ।
भेटवार्ताको क्रममा नगर प्रमुख चिरीबाबु महर्जनले महानगरमा भएका कामको बारेमा चर्चा गरेका थिए । महानगरले सम्पदा संरक्षण, वातावरण संरक्षण , हरियाली प्रबद्र्धनको क्षेत्रमा प्रशस्तै काम गरेको बताए ।
महानगर प्रमुख महर्जनले सामाजिक विकासलाई पनि महानगरले प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए । भेटवार्ताको क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ पनि उपस्थित थिए ।
भेटवार्ताको क्रममा युरोप डे २०२५ को बारेमा पनि छलफल भएको थियो । प्रत्येक वर्ष मे ८ मा युरोप डे मनाइन्छ । यो वर्षको युरोप डेमा पाटन संग्रहालयमा कार्यक्रम आयोजना गरिएको सन्दर्भमा समेत छलफल भएको थियो ।
युरोपेली युनियनका राजदुत भरोनिक लोरेन्जोले महानगर प्रमुख चिरीबाबु महर्जनले सहरको विकासमा देखाउनु भएको दुरदर्शिता, प्रतिबद्धता प्रशंसनीय भएको बताइन् । समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि सक्रिय रहेका नगरप्रमुखसँग भेटेर कुराकानी गर्न पाउँदा खुशी लागेको बताइन् ।
महानगरमा पाएको न्यानो आतिथ्यताप्रति उनले आभार प्रकट गर्दै ललितपुर नागरिकको हित र सहरको विकासलागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाल र यीयूको सम्बन्धलाई मजबुत बनाउन सहयोग गर्ने धारणा राखिन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’