भारतको कश्मिरमा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रर्दशन

२०८२ बैशाख ११ बिहिबार
सारांश
  • विरोध स्वरुप उनीहरुले जनकपुरधामको जानकी मन्दिर प्राङगनबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् ।

जनकपुर : जनकपुरधाममा हिन्दूवादी अगुवाहरुले प्रर्दशन गरेका छन् । भारतको कश्मिरमा मंगलबार भएको आतंककारी हमलाविरुद्ध जनकपुरधामका हिन्दू अगुवाहरुले विरोध जनाएका छन् । 


विरोध स्वरुप उनीहरुले जनकपुरधामको जानकी मन्दिर प्राङगनबाट र्याली निकाल्दै नगरका विभिन्न चोकमा नारा लगाएका छन् । 


उनीहरुले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकबादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दाबाद लगायतका नारा लगाएका छन् । र्याली पश्चात उनीहरुले इस्लामिक आतंकबादीको पुतलासमेत जलाएका छन् ।


उनीहरुले हिन्दूहरुलाई एक जुट हुन आग्रह गरेका छन् । कश्मिरमा भएको घटनाले आतंकबादीको धर्म इस्लाम हो भन्ने प्रमाणित भएको उनीहरुको ठहर छ । उनीहरुले इस्लामिक आतंकबाद बन्द गर्नु पर्ने माग राखेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार