- यही वैशाख २० देखि २२ गते सम्म ( मे ३–५, २०२५) मा काठमाडौंमा हुन गइरहेको छ
काठमाडौँ, १० वैशाख । यही वैशाख २० देखि २२ गते सम्म ( मे ३–५, २०२५) मा काठमाडौंमा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनको क्रममा नयाँ कार्यसमितिको निर्वाचन गर्नका लागि तयारी भई रहेको निर्वाचन समितिले जनाएको छ ।
‘निर्वाचनको लागि हामीले आवश्यक तयारी गर रहेका छौँ । एनआरएनए उच्चस्तरीय समितिबाट मतदाता (डेलिगेट) को अन्तिम सूची प्राप्त हुनासाथ निर्वाचनको कार्य तालिका प्रकाशन गर्ने छौँ,’ प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले बताए ।
उनले संघको विधानको मर्म तथा उच्चस्तरीय समितिले पारित गरेको कार्यविधिको आधारमा पारदर्शी र कानुन सम्मत तरिकाले निर्वाचन सम्पन्न गरिने बताए ।
सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार एकता महाधिवेशन सम्पन्न गर्न र नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को चुनाव गराउनका लागि वरिष्ठ अधिवक्ता घिमिरे प्रमुख निर्वाचन आयुक्त र अधिवक्ता आशिष उप्रेती तथा सेवा निवृत्त मेजर डमर घले सदस्य रहेका तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी छ ।
उच्चस्तरीय समितिले सोमवार एक पत्रकार सम्मेलन गर्दै महाधिवेशनको लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।