फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा
- कार्लोस आज (मंगलबार) विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
काठमाडौँ, ०९ वैशाख । चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् । कार्लोस आज (मंगलबार) विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
हाल काठमाडौंमा भईरहेको एनसेल नेपाल सुपर लिगको फुटबल प्रतियोगितामा सहभागि हुन कार्लोस नेपाल आएका हुन् ।
एनसेल नेपाल सुपर लिगको आयोजक नेपाल खेलकुद तथा कार्यक्रम व्यवस्थापन प्रा. लि. ले लिगको सद्भावना दूतको रूपमा नेपाल भ्रमणमा रहेका उनी ठमेल स्थित एलओडी क्लबमा पनि जाने छन् ।
कार्लोस शुक्रबार आउने कार्यक्रम थियो तर स्वास्थ्यमा समस्या आएकाले केही ढिला गरी आज नेपाल आएका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’