धम्मावती गुरुआमालाई म्यानमार सरकारले प्रदान गर्यो अन्तर्राष्ट्रिय सम्मान

२०८२ वैशाख ८ सोमबार
सारांश
  • बौद्धविद्धान गुरुआमालाई म्यानमार सरकारबाट ‘महा सद्धाम्मजोतिलाधजा उपाधि’ प्रदान गरिएको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनलाई उक्त उपाधि प्रदान गरिएको छ ।


काठमाडौं : काठमाडौंको धर्मकीर्ति विहारकी संस्थापक बौद्ध गुरुआमा भिक्षुणी धम्मावती(गणेशकुमारी शाक्य)लाई म्यानमार सरकारले सम्मान गरेको छ । 


बौद्धविद्धान गुरुआमालाई म्यानमार सरकारबाट ‘महा सद्धाम्मजोतिलाधजा उपाधि’ प्रदान गरिएको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनलाई उक्त उपाधि प्रदान गरिएको छ । 


कार्यक्रममा धम्मावतीले आफूलाई उपाधिकालागि म्यानमार सरकारले निम्ता गरेको भएपनि स्वास्थ्य अवस्थामा कारण कारण आफू जान नसकेको बताइन् । म्यानमार सरकारले राजदुतमार्फत उक्त उपाधि प्रदान गरेको उनले जानकारी दिइन् । 


‘मलाई म्यानमार सरकारले उतै बोलाएको थियो । तर आउन सक्दिन भनेर उत्तर दिएकी थिए । ९२ वर्षका भइसकें, हिडडुल गर्न कठिन भइसक्यो भनेको थिए । त्यसपछि त्यहाँको सरकारले राजदुतमार्फत महा सद्धाम्मजोतिलाधजा उपाधि दिएको हो’उनले भनिन्  ।


त्यस्तै उनले ९१ वर्षको जीवनको लामो यात्रामा धेरै उतारचढावहरु भोग्नुपरेको अनुभव समेत सुनाइन् । 


साथै उनले भगवान बुद्धको उपदेश सुनेर आफ्नो जीवनमा राम्रोसँग अभ्यास गरेर सुखको र दुखको पनि स्वीकार गरी मनको सुद्ध गर्न सक्नुपर्ने धारणा राखिन् ।


सोही अवसरमा राष्ट्रिय सभा सदस्य डा.अन्जान शाक्यले धम्मावती गुरुआमाले म्यानमारबाट बुद्ध दर्शन अध्ययन गरी नेपालमा ठूलो योगदान दिएकाले म्यानमारले सम्मान गरेको बताइन् ।


‘उहाँले बुद्ध दर्शनमार्फत मानिसहरुको दुःख कम गराउन खेल्नुभएको भूमिका उल्लेख्य छ । नेपालमा गुरुआमाहरुको संघनै स्थापना गर्नुभयो र सोही कामको कदर गर्दै म्यानमार सरकारले अन्तर्राष्ट्रिय स्तरकै उच्च सम्मान दिएको छ । यो सम्मान नेपालको सम्मान हो,’ उनले भनिन् ।


राणाहरुको कठोर शासनकालमा शिक्षा आर्जन गर्न तथा बुद्ध धर्मको बारेमा ज्ञान हासिल गर्ने उद्देश्यले विसं २००६ सालमा बर्माको राजधानी रंगुन पुगेर धम्मावती ले शिक्षा आर्जन गरेकी थिइन् । म्यान्मारकी नेत्री आङ सान सु चीले धम्मावतीसँगै बौद्ध धर्मको ज्ञान समेत लिएकी थिइन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार