पहिलो पटक मनाइयो याक दिवस , याकको संरक्षण र प्रवद्र्धनमा जोड
२०८२ वैशाख ७ आइतबार
- मन्त्री अधिकारीले याकचौँरीको संरक्षण र दिगो उपयोगमार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण र ग्रामीण जीवनशैलीको सशक्तीकरण नै अबकोे साझा लक्ष्य रहेको उल्लेख गरे ।
काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आय आर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताएका छन् ।
प्रथम राष्ट्रिय याक दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री अधिकारीले भौगोलिक चुनौती, युवा पुस्ताको बसाइसराई, चरन क्षेत्रको अभाव, प्रजननसम्बन्धी समस्या, जङ्गली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता कारणले नेपालका याकचौँरीको संख्या घट्दो क्रममा रहेकाले याकचौँरी पालनको संरक्षण र प्रवद्र्धनका लागि सङ्गठित प्रयास आवश्यक रहेको बताए ।
मन्त्री अधिकारीले याकचौँरीको संरक्षण र दिगो उपयोगमार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण र ग्रामीण जीवनशैलीको सशक्तीकरण नै अबकोे साझा लक्ष्य रहेको उल्लेख गरे ।
मन्त्री अधिकारीले हिमाली जनजीवनको अविभाज्य अंग बनेका याकचौंरीलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरणमार्फत नव जीवन दिनु हाम्रो साझा उत्तरदायित्व रहेकोमा जोड दिए ।
मन्त्रालयको अग्रसरतामा सरकारले याक र चौंरीको महत्वलाई आत्मसात गर्दै प्रत्येक बैशाख ७ गतेको दिनलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने निर्णय गरेको उल्लेख गर्दै मन्त्री अधिकारीले याकको संरक्षण एवं प्रवद्र्धनका लागि सोलुखुम्बुको स्याङ्बोचेमा याक आनुवांशिक स्रोत केन्द्र सञ्चालन ल्याइएको र उक्त केन्द्रले याकको शुद्ध नस्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्वपूर्ण कामको सुरुवात गरेको बताए ।
मन्त्री अधिकारीले आगामी दिनमा याकचौंरीको दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।
‘याक चौँरी प्रवद्र्धनः हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण’ भन्ने मूल नाराका साथ पहिलो पटक मनाइएको राष्ट्रिय याक दिवसका अवसरमा याक पालक कृषकहरुलाई पनि सम्मान गरिएको छ । याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ,२०२९ ले संरक्षित वन्यजन्तुको सुचीमा उल्लेख गरेको छ ।
नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा—३ फयाट्टी एसिडको स्रोत रहेको, याकको दहि प्रसिद्ध दूग्ध परिकारको रुपमा रहेको, याकको दुधवाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरुको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको र हिमाली क्षेत्रको सभ्यताको रुपमा समेत याक रहेकोमा संरक्षणकर्मीहरुले जोड दिएका छन ।
याकको छाला र पुच्छर बाट बन्ने वस्तुहरु निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादन हुन् । याक पर्यटन प्रवद्र्धनमा पनि आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको छ । याक मार्फत सामान ढुवानीदेखि खेतबारी जोत्नेसम्मका कार्यहरु हुदै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।