- प्रदर्शनकारीले जिल्ला प्रशासन(सिडियो)कार्यालय घेराउका लागि अघि बढ्दै गर्दा मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्का र प्रजीअ श्रेष्ठको निर्देशनमा पक्राउ गरेकालाई छाड्ने आश्वासन पाएको आन्दोलनकारीहरुको भनाइ छ ।
मकवानपुर : मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले विहीबार पक्राउ गरिएकालाई तत्काल रिहा गर्ने आश्वासन दिएकी छन् ।
प्रदर्शनकारीले जिल्ला प्रशासन(सिडियो)कार्यालय घेराउका लागि अघि बढ्दै गर्दा मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्का र प्रजीअ श्रेष्ठको निर्देशनमा पक्राउ गरेकालाई छाड्ने आश्वासन पाएको आन्दोलनकारीहरुको भनाइ छ ।
हेटौडा अस्पतालको बोर्डमा केरमेट गरेको घटनामा संलग्न रहेको भन्दै विहीबार प्रहरीले छ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । हेटौंडा अस्पताल र मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच विवाद चर्किदै आएको छ ।
प्रहरीले बोर्ड परिवर्तन गर्ने हेटौडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई सर्वपक्षीय भेला भनी बोलाएर दिनभर होल्ड गराएपछि हिरासतमा राखिएका ति युवाहरु हिरासत भित्रै अनसन बसेका थिए ।
हिरासतमा रहेका ६ जनाले नै हेटौंडा अस्पताल मकवानपुर जनताको अस्पताल भएको दाबी गर्दै आइरहेका छन् । नेपाल तरुण दल हेटौंडा नगर सभापति सुनिल गिरीले आन्दोलन आम मकवानपुरबासीको भएकाले हिरासतकक्षमा समेत अनसन बसेर आन्दोलन गरिरहेको जानकारी दिए ।
सर्वपक्षीय भेला गर्ने बहानामा प्रहरीले उनीहरुलाई अन्तिम समयमा नियन्त्रणमा लिइएको थियो । २०७६ साल आश्विन २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पताल संचालन गर्ने निर्णय भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’