छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

२०८२ वैशाख ५ शुक्रबार
सारांश
  • उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार केही दिनभित्रै सिमेन्ट उत्पादन सुरु गरिनेछ । उनले भने, ‘हामीले दैनिक ६ सय क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेका छौं ।’

हेटौंडा : बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट उद्योग करिब छ महिनापछि पुनः सञ्चालनमा आएको छ । यन्त्र मर्मत र कच्चा पदार्थको आपूर्तिपछि मंगलबारबाट उत्पादनको तयारीस्वरूप चुनढुंगा प्रशोधन कार्य सुरु गरिएको हो ।


उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार केही दिनभित्रै सिमेन्ट उत्पादन सुरु गरिनेछ । उनले भने, ‘हामीले दैनिक ६ सय क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेका छौं ।’ 


वि.सं. २०३३ मा जडान गरिएका पुराना यन्त्रले उत्पादनमा निरन्तर समस्या आएकाले नयाँ प्रविधि आवश्यक रहेको उनले बताए । यद्यपि, विद्युत महसुल भुक्तानी र कर्मचारीको पारिश्रमिक व्यवस्थापनमै कठिन भइरहेको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव जस्तै भएको उनको भनाइ छ ।


महाप्रबन्धक कर्णले उद्योगलाई पुनः सबल बनाउन सरकारको विशेष सहयोग आवश्यक रहेको स्पष्ट पारे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार