- प्राय दुई–तीन डायलग र एक–दुई नृत्यमा सिमित प्रस्तुती दिने हमालले यस पटक लण्डनका दर्शकका लागि भने फरक प्रस्तुतीका साथ स्ट्याण्ड अप कमेडी गर्ने भएका छन्
काठमाडौँ : महानायक राजेश हमाल बेलायत जाने भएका छन् । २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा अयोजना गर्न लागेको लाफ्टर फर लाइफ कार्यक्रममा सहभागी हुन हमाल युके जान लागेका हुन् । कार्यक्रममा हमालको उपस्थिति बिगतको भन्दा भव्य र पृथक हुने आयोजकले बताएको छ ।
प्राय दुई–तीन डायलग र एक–दुई नृत्यमा सिमित प्रस्तुती दिने हमालले यस पटक लण्डनका दर्शकका लागि भने फरक प्रस्तुतीका साथ स्ट्याण्ड अप कमेडी गर्ने भएका छन् ।
कार्यक्रममा सहभागी हुन महानायकसंगै कमेडियन संदिप क्षेत्री र अतृप्त ब्याण्डका साथमा नविन के.भट्ट्राईले नयाँ पुराना गीत प्रस्तुत गर्नेछन् । स्ट्याण्ड अप कमेडीको लागि हमाललाई संदीप क्षेत्रीले साथ दिने छन् ।
साथै कार्यक्रमको सम्पुर्ण तयारी भइसकेको र माया इभेन्टका निर्देशक राज पाण्डेले जानकारी दिए अनुसार कार्यक्रममा सहभागी हुने सबै कलाकारहरुको युकेको भिसा लागिसकेको छ । खुशी जीवन यापनका लागि हांसो महत्वपुर्ण थेरापी भएकोले विदेशको व्यस्त जीवनबाट केही समय निकालेर भए पनि हाँस्ने रमाउने उदेश्यले यस किसिमको कार्यक्रम आयोजना गरेको आयोजक डाक्टर रक्षा थापाले बताइन् । साथै कार्यक्रममा उपस्थित हुन सम्पुर्णमा आव्हान गरिन् ।
त्यस्तै कार्यक्रमलाई स्तरिय बनाउन साउण्ड, स्टेज, भिडियो प्रोजेक्सन र लाइट्स्मा विशेष ध्यान दिने बेलायतका स्थापित साउण्ड इन्जिनियर हेम बिष्टले बताए । १२ सय दर्शक क्षमता भएको उक्त हलमा आयोजना हुन गइरहेको कार्यक्रममा कमेडी, कन्सर्ट तथा खानपिन समेत प्रबन्ध भएको हुँदा उक्त दिनलाई ‘बेष्ट सन्डे नाइट’ बनाउन सबै बेलायतवासीलाई थापाको आग्रह छ ।
विष्टका अनुसार शुरुको दुई घण्टा राजेश हमाल र सन्दीप क्षेत्रीको कमेडी प्रस्तुत हुने र बाँकी समय करिब दुई घण्टा गायक नवीन के भट्टराईले आफ्नो ब्यान्डकासाथ सांगीतिक प्रस्तुति दिनेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।