मृतक पत्रकार रजकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी
२० चैत्र, २०८१, बुधवार
- त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ ।
काठमाडौं : काठमाडौंको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ ।
रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो । अहिले रजतको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ ।
\
त्रिवि शिक्षण अस्पतालमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले सरकार आन्दोलनको क्रममा हुने सम्भावित जोखिमको बारेमा वायस रहेको बताए । उनले घटना स्थलमा हारगुहार गर्दा पनि प्रहरी प्रशासन र सरकारको पक्षबाट आवश्यक सहयोग नभएको पनि बताए ।
उनले भने, ‘संसदको विषेश समितिमा यो कुरा शंकास्पद छ भनेर भनेको थिए । यसमा शंका गर्ने ठाँउ छ । एकदिन अगि प्रधानमन्त्रीले १०÷१५ हजार मान्छे ओहोरदोहोर गरिरहेका हुन्छन् कुन ठुलो कुरा हो भन्ने अर्का दिन चै गृहमन्त्रालयले ४ हजार मान्छे पनि सम्हाल्न नसकेको कस्तो हो ? दुईजनाको हत्या भएको छ । पनि ५ वर्ष मैले पत्रकारीताको अशं एभिन्युज मै बिताएको छु । सुरेशजी लगायतका टिम मेरो सहकर्मी हुन् । घटना स्थलमा धेरै हारगुहार गर्दा खेरी पनि प्रहरी प्रशासन र सरकारको पक्षबाट आवश्यक सहयोग भएन् भन्ने कुरा यथस्ट प्रमाण छ । नेकपा समाजवादीको कार्यलयमा आक्रमण हुदा खबर गरेको ४० मिनेटसम्म प्रहरी नपुग्ने तर एमालेको कार्यलयमा चै पहिलेदेखी सुरक्षा दिएर बस्ने कुराले सरकार आन्दोलन कै क्रममा हुने सम्भावित जोखिमको बारेमा पनि वायस छ । आ—आफ्नो मात्र सुरक्षा गरेर बसेको देखिन्छ । जनताको सुरक्षा, पत्रकारको सुरक्षा, प्रतिपक्षीदलका कार्यलयको सुरक्षा गरेको छैन ।’
पत्रकार सुरेश रजकका माइलो दाई दिनेश रजकले पनि भाग्ने ठाउँ हुँदा हुँदै पनि भाईको मृत्यु हुनु अझ पनि शंक्कास्पद रहेको बताए ।
‘शंका नै शंकाको घेरामा छ । कसैलाई दोष लगाउन त मिलेन देखेको छैनौ । उ झ्यालबाट गएको छ सबैले देखेको कुरा हो । पहिले हामीलाई पनि थुनेर मारेको जस्तो लागेको थियो तर पछि भिडियोहरु आउदा होइन रैछ । सबैजना जुन ठाँउबाट गए मेरो भाईपनि त्यही ठाउँबाट आउन सक्थ्यो पक्का उ त्यही भएर ढुक्क भएर बसेको छ म त्यहीबाट फर्किन्छु भनेर होला । टियर ग्यास हानेको भनेको छ कोहीपनि टियर ग्यासमा बस्न सक्दैन । मान्छे भाग्ने ठाउँ नहुदा निसासिएर मर्ने हो । भाग्ने ठाउँ हुँदा हँुदै मरेको छ । अरु सबै त्यही बाट भागेर आएका हुन् नि । अनि शंक्कास्पद भएन त ? भाग्ने ठाउँ हुँदा हुँदै कोही मर्छ त ?’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।