रौतहटमा आगलागी, रु १० लाख बराबरको क्षती

१९ चैत्र, २०८१, मगलवार
सारांश
  • रौतहटको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा रु.१० लाख ३८ हजार बराबरको क्षती भएको छ ।

रौतहट, १९ चैत । रौतहटको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा रु.१० लाख ३८ हजार बराबरको क्षती भएको छ । गरुडा नगरपालिका –५  मा रहेको ठाकुर ग्रिल उद्योगमा सोमबार बेलुका करिब ९ बजे तिर आगलागी भएको हो ।

 

आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वको टोलि खटिएको थियोे । सुरक्षाकर्मी , स्थानियबासी र  वरुण यन्त्र (दमकल ) सहयोगमा आगो करीब एक घण्टा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले बताए ।

 

उनका अनुसार विधुत् तार सर्ट भएर आगोलागी भएको अनुमान गरिएको छ । आगोलागीबाट उद्योगमा रहेको टायर, वेल्डिङ मेसिन, मर्मतका लागी राखिएको ट्र्याक्टर लगायत जलेर क्षती पुगेको उनले जानकारी दिए । आगलागीबाट  कुनै प्रकारको मानवीय क्षती नभएको उनको भनाइ छ ।

 

आगलागीमा रु.१० लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ । यस्तै, इशनाथ नगरपालिका ६ जयनगर बस्ने शेख वसिर अख्तरको पक्की घरको एक कोठामा आगलागी भएको रौतहट प्रहरीले जनाएको छ । आगलागीबाट कोठामा रहेका टि.भी , पलङ र साइकल लगायत जलेर क्षती भएको प्रहरीको  भनाइ छ । घरको कोठामा मात्र आगलागी भएकाले करीब ३८ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार