पत्रकार सुरेश रजकका हत्यारालाई कारबाहीको माग गर्दै रामेछापमा धर्नामा
२०८१ चैत्र १६ शनिवार
- शुक्रबार राजावादीहरूले गरेको प्रदर्शनको फोटो खिच्ने क्रममा काठमाडौंको तीनकुने स्थिति एउटा घरमा थुनेर आगो लगाई हत्या गरिएका पत्रकार रजकका हत्यारालाई कारबाहीको माग गर्दै पत्रकारहरूले मन्थली बजारको देवकोटा चोकमा शनिबार एक घण्टा धर्ना दिएका छन् ।
काठमाडौं : पत्रकार सुरेश रजकका हत्यालाई कारबाहीको माग गर्दै रामेछापका पत्रकारहरू धर्नामा बसेका छन् ।
शुक्रबार राजावादीहरूले गरेको प्रदर्शनको फोटो खिच्ने क्रममा काठमाडौंको तीनकुने स्थिति एउटा घरमा थुनेर आगो लगाई हत्या गरिएका पत्रकार रजकका हत्यारालाई कारबाहीको माग गर्दै पत्रकारहरूले मन्थली बजारको देवकोटा चोकमा शनिबार एक घण्टा धर्ना दिएका छन् ।
आफूले चलाउने उपकरण सहित धर्नामा उत्रिएका पत्रकारहरूले पत्रकार र सञ्चार गृह माथि भएको आक्रमणको निन्दा गरेका थिए । एउटा मानिसलाई ज्यूँदै जलाउने कुरा कुनै पनि मानिसले कल्पना पनि गर्न नसक्नु कुरा भएको धर्नामा बसेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकले बताए ।
‘यो जति निन्दा गरे पनि अमानवीय घटनाको पराकाष्ठा हो, घटनामा संलग्न र सो घटना गराउन उक्साउने दुवैलाई कारबाहीको दायरमा ल्याउन पर्दछ’, उनले भने ।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरेले घटनामा संलग्नलाई कारबाही क्षति पुगेको सञ्चारमाध्यमलाई क्षतिपूर्ति नदिँदासम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए । हिजोको घटना कुनै पनि मानव समुदायले पचाउन नसक्ने घटना भएको उनको भनाई छ ।
धर्नामा बसेका नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरेले राजाको शासनकालमा प्रकारले हिजो पनि यस्तो घटना बेहोरेको बताउँदै आज फेरी राजावादीको नाममा पत्रकार माथिको आक्रमण सुरु भएको बताए ।
महासंघका पूर्व जिल्ला अध्यक्ष हिमाल ढुङ्गेलले निरंकुशहरुको चरित्र यस्तो हुने बताउँदै यो लोकतन्त्रका पक्षधर कसैले पनि गर्न नसक्ने व्यवहार भएको बताए ।
जिल्लामा क्रियाशील पत्रकारहरूले आयोजना गरेको धर्ना कार्यक्रममा नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्की, नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य रत्नप्रसाद कँडेल, गैसस महासंघका केन्द्रीय सदस्य थिरबहादुर थापा रविन लगायतले ऐक्यबद्धता जनाएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।