खोलाको किनारमा महिलाको शव फेला, पहिचान खुलेन्

२०८१ चैत्र १५ शुक्रवार
सारांश
  • मृतकको खुट्टा पानीमा डुबेको र शरीरको अन्य भाग बाहिर रहेको अवस्थामा देखिएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

रौतहट :रौतहटको मनुसमारा खोलाको किनारमा फेला परेको शव पहिचान खुलेको छैन ।
राजदेवी नगरपालिका–६ स्थित मनुसमारा खोलाको पूर्वी किनारमा शुक्रवार बिहान करिब ३५ वर्षीया महिलाको शव फेला परेको हो । 


मृतकको खुट्टा पानीमा डुबेको र शरीरको अन्य भाग बाहिर रहेको अवस्थामा देखिएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको  थियो । 


जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायका अनुसार महिलाको शवबाट पहिचान खुल्ने कागज फेला नपरेकाले नाम, थर र ठेगाना नखुलेको हो ।


महिलाको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।

 

 यस घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको र शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार