- मंगलबार काठमाडौं आयोजित स्तन पाठेघर तथा सर्भाइकल क्यान्सर र क्रीनिङ्ग कार्यक्रम उद्घाटन समारोहमा बोल्दै शिक्षा जीवनउपयोगी हुनुपर्ने कारण स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्ने बताए ।
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौं आयोजित स्तन पाठेघर तथा सर्भाइकल क्यान्सर र क्रीनिङ्ग कार्यक्रम उद्घाटन समारोहमा बोल्दै शिक्षा जीवनउपयोगी हुनुपर्ने कारण स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्ने बताए । विद्यालय तहका सबैलाई आफ्नो शरीर जोगाउने चेतना प्राप्त हुनेगरी शिक्षा दिनुपर्छ भनेर शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको पनि उनले जानकारी दिए ।
उनले भने,‘हामीले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गरौं । शिक्षा जीवनउपयोगी हुनुपर्छ । त्यसैले स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्छ । हामीले शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको छौं । अब चाँही विद्यालय तहका सबैलाई आफ्नो शरिर जोगाउने चेतना प्राप्त हुनेगरी शिक्षा दिनुपर्छ ।’
त्यस्तै उनले स्क्रीनिङ्गको कार्यक्रमस्थानीय तहमा नै पुर्याउन सक्यो भने मात्रै ५० लाखको स्क्रीनिङ्ग हुनसक्ने पनि धारणा राखे ।
उनले भने,‘यो स्क्रीनिङ्गको कार्यक्रम पनि हामीले स्थानीय तहमा नै पुर्याउन सक्यौं भने मात्रै हामीले भनेको जस्तो ५० लाखको स्क्रीनिङ्ग हुन सक्छ । यो एउटा उदाहरणीय बन्दै छ । अब ललितपुरलाई पनि अनुरोध गर्ने छौं । नेपालका सबै महानरगर,नगरपालिका गाउँपालिका सबैलाई हामी अनुरोध गर्नेछौं । र व्यापक रुपमा विस्तार गरेर ५० लाखको यो वर्ष स्क्रीनिङ्ग गर्ने कार्यक्रम सार्थक बनाउने तर्फलाग्ने छौं ।’
उनले अहिले दिनमा चार जना महिलाको पाठेघरको क्यानसरको कारण मृत्यु भइरहेको भन्दै यो भयावह अवस्था रहेको बताए ।
त्यस्तै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्वयंमसेविका र स्वास्थ्य सेवा दिनेहरुले अरुलाई चाँही स्क्रीनिङ्ग गर्नुपर्छ भन्ने तर आफूहरुले चाँही क्रीनिङ्ग नगर्ने समस्या रहेको बताइन् । त्यस्तै उनले स्तन पाठेघर तथा सर्भाइकल क्यानसर र क्रीनिङ्ग कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन । उनको अनुसार आफ्नो वडामा नाम टिपाएर आफ्नो पालोको मितिमा वीर अस्पतालमा गएर जाँच गर्न सकिने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।