- जनकपुर–ढल्केवर सडक खण्डमा आइतबार साँझ एम्बुलेन्सको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
जनकपुर: एम्बुलेन्सको ठक्करबाट एक जना अटो चालकको मृत्यु भएको छ ।
जनकपुर–ढल्केवर सडक खण्डमा आइतबार साँझ एम्बुलेन्सको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
जनकपुर न्यूरो हस्पिटलबाट विरामी लिएर काठमार्डौ जाँदै गरेको स १ च १३९२ नम्बर एम्बुलेन्स लक्ष्मिनियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज १ स ३४८७ नम्बरको ई रिक्सालाई रमदैया वाटर पार्क अगाडि ठक्कर दिँदा रिक्सा चालक लक्ष्मिनियाँ गाउँपालिका ७ का सुरेश यादवका छोरा २४ वर्षीय अर्जुन यादवको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नितेश कुमार सिंहले जानकारी दिए ।
उनका अनुसार रिक्सामा सवार लक्ष्मिनिया ७ कै २० वर्षीय शिवम साह र सतीश सदा घाइते भएका छन । घाइतेहरुको रामजानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ ।
एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको छ । एम्बुलेन्समा रहेको बिरामीलाई अर्को एम्बुलेन्सबाट काठमाडौं पठाइएको प्रहरी निरीक्षक सिंहले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’