पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना
२०८१ चैत्र २ शनिवार
- नेपाल पत्रकार महासंघ रामेछापसँगको सहकार्यमा रामेछापको मन्थलीमा एक दिने शिविर आयोजना गरिएको हो ।
रामेछाप: प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि परिचयपत्र वितरण शिविर आयोजना गरेको छ ।
नेपाल पत्रकार महासंघ रामेछापसँगको सहकार्यमा रामेछापको मन्थलीमा एक दिने शिविर आयोजना गरिएको हो । प्रदेश रजिष्टार प्रमुख रेवतीप्रसाद सापकोटाको उपस्थितिमा भएको शिविरमा २६ जना स्थानीय पत्रकारलाई परिचयपत्र वितरण गरिएको छ । परिचयपत्र वितरण शुभारम्भ कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ लगायतको सहभागिता थियो ।
प्रदेश सञ्चार रजिष्टारको कार्यालयमा दर्ता भएका अनलाइन, रेडियो, पत्रपत्रिकासहितका सञ्चारमाध्यममा कार्यरत विभिन्न कारणले परिचयपत्र लिन बाँकी पत्रकारलाई जिल्लाबाट नै सेवा प्रवाह गर्न शिविर आयोजना गरिएको नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले जनाकारी दिए ।
सञ्चार रजिष्टार कार्यालयले प्रदेशमा दर्ता भएका सञ्चार माध्यममा कार्यरत पत्रकार र वाग्मती प्रदेशमा क्रियाशील अग्रज पत्रकारलाई कर्मक्षेत्रमा नै पुगेर परिचयपत्र वितरण तथा नवीकरण गर्न थालेको प्रदेश रजिष्टार सापकोटाले बताए ।
‘समाचार सङ्कलन, लेखन,सम्पादन र प्रविधिमैत्री तरिकाले प्रशोधन गर्न, श्रव्य दृश्य समाचार सामग्री उत्पादन गर्न, तथ्याङ्कको प्रस्तुतिसहित अनलाइन पत्रकारिता गर्न गराउन र बजार व्यवस्थापन कला सिकाउँदै आएको सञ्चार रजिष्टार कार्यालयले आफ्नो सेवा प्रवाहलाई सम्बन्धित सेवाग्राहीको कर्मक्षेत्रमै पुगेर उपलब्ध गराउन थालेको हो‘, उनले भने ।
पत्रकारहरूलाई प्रेस रजिष्टारको कार्यालयले उपलब्ध गराएको पत्रकार परिचयपत्रको उचित सदुपयोग गर्न सापकोटाले आग्रह गरे । यसले पत्रकारलाई फिल्डमा काम गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।