नेपालसहित आठ देशका विभिन्न समूह आइएमएफ र विश्व बैंकविरुद्ध

२०८१ चैत्र १ शुक्रवार
सारांश
  • नेपाल, भारत, श्रीलका, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका नागरिक आन्दोलन, मजदुर संघ, किसान समूह, महिला समूहहरू र नागरिक समाज संगठनहरूले आईएमएफ र विश्व बैंकका हानिकारक नीतिहरू बन्द गर्न चैत्र २ र ३ गते आन्दोलन गर्ने नेपालका वरिष्ठ अभिवक्ता पद्म बहादुर श्रेष्ठले दिएका हुन् ।

काठमाडौं : नेपालसहित आठ देशका नागरिक आन्दोलन, मजदुर संघ, किसान समूह, महिला समूहहरू र नागरिक समाज संगठनहरूले आइएमएफ र विश्व बैंक विरुद्धमा आन्दोलनको घोषणा गरेका छन् । 


शुक्रबार काठमाडौंमा पत्रकार सम्मेला गरी उनीहरुले नेपाल, भारत, श्रीलका, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका नागरिक आन्दोलन, मजदुर संघ, किसान समूह, महिला समूहहरू र नागरिक समाज संगठनहरूले आईएमएफ र विश्व बैंकका हानिकारक नीतिहरू बन्द गर्न चैत्र २ र ३ गते आन्दोलन गर्ने नेपालका वरिष्ठ अभिवक्ता पद्म बहादुर श्रेष्ठले दिएका हुन् । 


उनले ८५ प्रतिशत भन्दा बढी विश्व जनसंख्या आईएमएफ र विश्व बैंकका कठोर नीतिहरूबाट प्रभावित रहेको भन्दै भने, ‘यसका कठोर नीति तथा खर्च कटौतीका कारण श्रम कानुनहरू कमजोर बनाइएका छन् । जसले महिलाहरूलाई असुरक्षित रोजगारीमा धकेलिरहेको छ । यी संस्थाहरूको तथाकथित ’लैंगिक रणनीति’ र ’महिला सशक्तीकरण’ अभियानहरू पूर्णरूपमा असफल साबित भएका छन् ।’

 इन्डोनेसियाका मुहम्मद रेजा साहिब सेले भने, ’विश्व बैंकको उद्देश्य विश्व आर्थिक स्थिरता थियो तर आज तिनीहरू बजार–केन्द्रित समाधानमा मात्र केन्द्रित छन् । यसले समानता होइन, झन् असमानता निम्त्याएको छ ।’


त्यस्तै एशियन पिपुल्स मुभमेन्ट अन डेब्ट एन्ड डेभलपमेन्टकी सयोजक लिडी नाकपिलले आईएमएफ र विश्व बैंकले ८० वर्ष मनाइरहँदा विश्व दक्षिणमा कर्जाको चपेटाले निम्त्याएको संकट अझै विकराल बनेको बताइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार